२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित

Nada
२०८१ पुष २ गते १७:०९
Shares
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित

काठमाडौं :  त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् । सेवा सुविधा लगायतका ७ बुँदे माग अघि सारेर आन्दोलित बनेका हुन् । उनीहरूले उपकुलपति कार्यालयसहित देशभरका क्याम्पस अगाडि धर्ना दिएका हुन् ।

ncell

५ पुससम्म नियमित १ घण्टा धर्ना दिने गरी कार्यतालिका बनाएका छन् । त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीका अनुसार वर्षौँदेखि त्रिविमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्नुपर्ने माग छ ।

सिनेटमा पेस गर्नका लागि एजेन्डा बनेपछि छलफल तथा पारित हुन नसकेपछि आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष कार्कीले बताए ।

त्यस्तै नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि तुरुन्तै लागू गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन तुरुन्त गर्नुपर्ने माग राखेका छन् ।

लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नति सुनिश्चित गर्नुपर्ने, सञ्चित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर्नुपर्ने, विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारु गर्नुपर्ने र ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।

२७ मंसिरमा बसेको त्रिवि सभामा कर्मचारीहरूले उठान माग प्रस्ताव गरेको थियो । तर, सभाले ती प्रस्तावहरूका विषयमा छलफल समेत हुन सकेन । त्यसपछि कर्मचारीहरूले सभा बाहिर प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर