२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

घरमै पुगेर नागरिकता प्रदान

Nada
२०८१ पुष २ गते १५:५८
Shares
घरमै पुगेर नागरिकता प्रदान

स्याङ्जा : स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ का प्रितम गुरुङलाई उनको निवासमा पुगेर स्याङ्जा प्रशासनले नागरिकता उपलब्ध गराएको छ ।

ncell

करिब २ वर्षअघि रुखबाट खसेपछि अपांग भएका प्रितमको ढाड भन्दा तलको भाग चल्दैन । जसका कारण उनी हिँडडुल पनि गर्न सक्दैनन् । बिस्तारमा सुतिरहनुपर्ने उनको अवस्था छ ।

खिलप्रसाद गुरुङ र डम्बरकुमारी गुरुङका १६ वर्षीया छोरा प्रितम नागरिकता बनाउनका लागि कार्यालयसम्म आउजाउ गर्न कठिनाइ भएको जनाएपछि उनकै घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए ।

पौडेलका अनुसार प्रशासकीय अधिकृत शोभाखर पोखरेल र नायब सुब्बा जगुलाल पाण्डे सहितको टोली पुगेर नागरिकताको प्रमाणपत्र दिएको हो । प्रशासन टोली घरमा पुग्दा पिँढीमा सुतिरहेका प्रितमलाई सोही अवस्थामै नागरिकता दिएको हो ।

ताजा खबर

सम्बन्धित खबर