२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८१ पुष १ गते १७:२८
Shares
दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ । नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

ncell

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार नायव सुब्बा यादव र साहको आपसी मिलेमतोमा सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

केही समयअघि २० हजार घुससहित नायव सुब्बा यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।  उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो जरिवाना र सजायको माग गरिएको अख्तियारले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर