२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जुम्लामा दुईदिने औद्योगिक प्रदर्शनी

Nada
दिलमाया शाही
२०८१ असार ७ गते २०:५५
Shares
जुम्लामा दुईदिने औद्योगिक प्रदर्शनी

जुम्ला : जुम्लामा दुई दिने औद्योगिक प्रदर्शनी प्रतियोगिता गरिएको छ ।  सञ्चालित उद्योगबाट उत्पादन हुने विभिन्न बस्तुहरुको दुई दिने प्रदर्शनी प्रतियोगिता गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा दुई दिने स्थानीय उद्योगबाट उत्पादित बस्तुहरुको प्रदर्शन शुरु भएको छ ।

ncell

त्यस्तै कार्यालय प्रमुख विनोद बानियाका अनुसार जुम्लाको स्थानीय कच्चा पदार्थबाट बनेका बस्तुको प्रदर्शनी प्रतियोगिता गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कवड हलमा शुरु भएको प्रदर्शनीमा स्थानीय भेडा तथा उनबाट बनेका टोपी, झोलासहित विभिन्न उत्पादनहरु, स्याउका परिकार, ओखर, रैथाने मह, अर्गानिक कृषि मार्सी चामल, चिनो, कागुनो, कोदोको पिठोबाट बनेका परिकार, मार्सी धानको खीर, भेडाका उनबाट बनेका राडिपाखीसहितका स्थानीय स्तरका बस्तुहरु प्रदर्शन गरिएका छन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय उत्पादन गुणस्तर उत्पादन  बढाउनुपर्ने बताए । उनले यस्ता प्रकारका प्रदर्शनीले उद्योगीलाई प्रोत्साहन मिल्ने बताए । आएको स्थानीय बस्तुहरुको उत्पादन बढाउन सकेको खण्डमा विश्व बजारमा समेत बिक्री हुनेमा उनले दाबी गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अर्गानिक खानाले स्वस्थ्य जीवनमा ठूलो योगदान पुर्‍याउने भएकाले त्यो सम्भावना जुम्लामा रहेको बताए । उनका अनुसार जुम्लाको उद्योग प्रदर्शनीमा आएका बस्तुहरु धेरै राम्रा छन् । सफल उद्योगी नारायण चौलागाईंले आफ्नो अनुभव सुनाउँदै मिहिनेत  गरे लघु उद्योगले जीवन परिवर्तन हुने बताए । 

त्यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख विनोद कुमार वानियाले उद्योगीहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताए । उनले उद्योगीले गरेको मिहिनेत अनुसार काम गर्न सकिनेमा जोड दिए । उनका अनुसार जुम्लाका १८ जना उद्योगीले प्रदर्शनीमा भाग लिएका छन् ।  

ताजा खबर

सम्बन्धित खबर