२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जुम्ला प्रहरी महिला सेलमा स्तनपान र बालमैत्री कक्ष स्थापना

Nada
दिलमाया शाही
२०८१ मंसिर २२ गते २०:४३
Shares
जुम्ला प्रहरी महिला सेलमा स्तनपान र बालमैत्री कक्ष स्थापना

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा स्तनपान  र बालमैत्री कक्ष स्थापना गरिएको हो ।

ncell

प्रहरी कार्यालयले बालबालिकाका आवश्यक खेलाउनसहितका बालमैत्री कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार महिला सेलमा यस आर्थिक वर्षमा ४३ वटा महिला हिंसाका र पाँच वटा बालवालिकालाई हिंसा  भएको घटना दर्ता भएका छन । उनले भने,‘स्तनपान कक्ष, बालनिगरानी कक्ष र बालमैत्री कक्षको स्थापना भइसकेको छ ।’ 

त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले नगरपालिकाले स्तनपान कक्ष स्थापना गरेको बताइन् । उनले आफुहरुसँग जोडिएका महिला र बालबालिकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यान्वय गर्नका लागि तयार रहेको बताइन । उनले बढ्दै गरेका महिला हिंसा न्यूनीकरणका लागि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा मात्रै नभइ सधैंभरी लागि पर्ने बताइन् ।

त्यस्तै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले  महिला र बालबालिकाका क्षेत्रमा भने अनुसार  काम गर्न नसकिएको बताइन् । उनले आगामी दिनमा महिला र बालबालिकाका क्षेत्रमा थप कार्यक्रम जोड दिने बताइन् । 

त्यस्तै ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७’ मा सरकारी, गैरसरकारी, निजी संघसंस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर