२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

विजयनगरमा रक्तदान, १३० युनिट रगत संकलन

shivam cement
अर्जुन बेल्बासे
२०८१ मंसिर २२ गते १७:४१
विजयनगरमा रक्तदान, १३० युनिट रगत संकलन

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १३० युनिट रगत संकलन भएको युवा संघ विजयनगर गाउँ कमिटी अध्यक्ष तैलेश्वर खटिकले जानकारी दिए ।

कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले मानवताको दृष्टिकोणले रक्तदान पुण्य कार्य रहेको बताए । समय समयमा रक्तदान गर्नाले अरुको जीवन बचाउनुका साथै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुग्ने उनले बताए । उनले विजयनगर आधारभूत अस्पतालले अब स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न सक्ने अवस्थामा रहेको पनि जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सुमन पुरीले रगत दान गर्ने विषयमा रहेका भ्रमलाई वैज्ञानिक प्रमाणले चिर्दै समाजमा सकारात्मक सोचको विकास गर्नुपर्ने बताए । उनले भने, 'रक्तदान जीवनदान हो, त्यसैले यसका विषयमा गाउँगाउँका नागरिकलाई चेतना फैलाएर समय समयमा  रक्तदान गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ ।'

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, गाउँपालिका स्वास्थ्य  शाखा प्रमुख यज्ञ अधिकारी, युवा संघ जिल्ला कमिटी अध्यक्ष तिलक गिरी र अन्य स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।

विजयनगर गाउँपालिकाको वडा नम्बर ६, बद्धौरस्थित विजयनगर आधारभूत अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो भने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोग रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise