२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जुम्ला प्रहरी कार्यालयमा सवारी साधन पार्किङको व्यवस्था

Nada
दिलमाया शाही
२०८१ मंसिर २१ गते २०:२३
Shares
जुम्ला प्रहरी कार्यालयमा सवारी साधन पार्किङको व्यवस्था

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले सेवाग्राहीका सवारी साधन पार्किङको व्यवस्था गरेका छ । प्रहरीले आफ्नो कार्यालयमा सेवा लिन आउने सेवाग्रहीका सवारी साधन पार्किङको लागि यस्तो व्यवस्था गरिएको हो । 

ncell

जुम्लाका साघुँरो सडकमा सवारी साधन पार्किङ गर्दा समस्या हुने भएकाले सिमित स्रोत साधनका बीचमा रहेर दुई पाङ्ग्रे सवारी साधनको लागि पार्किङको व्यवस्था गरिएको जुम्लाका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार यसले गर्दा प्रहरी कार्यालयमा सेवा लिन आएकाहरुका सवारी साधन चोरी हुने डर हुँदैन । प्रहरीले आफ्नो कार्यालयबाट दिइने सेवालाई प्रभावकारी बनाउनका लागि पहिलो पटक पार्किङको व्यवस्था गरेको छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लामा सेवा लिन आउने पीडित तथा नागरिकहरुका लागि सवारी पार्किङ कार्यक्रमको उद्घाटन जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले गरेको थिए । प्रजिअ शाहीले जिल्ला प्रहरी कार्यालय जुम्लामा सेवा लिन आउने पीडित एवं नागरिकहरुका लागि सवारी साधन पार्किङ निर्माण  गर्नु राम्रो कार्य भएको बताए । उनका अनुसार प्रहरीको कार्यालयमा मात्रै होइन्, सवारी साधान व्यवस्थापनको लागि जुम्लाका सेवा दिने सबै कार्यालयले गर्न जरुरी छ । 

त्यस्तै चन्दननाथ नगरपालिका ६ का वडाध्यक्ष  रबि थापाले  प्रहरी गरेको सकारात्मक कुरामा सहयोग गर्ने बताए । उनले केही समयपछि नगरपालिकाले सीसीटीभीको लागि लागि टेण्डर गर्ने बताए । उनले जुम्लाको शान्ति सुरक्षाको लागि बसेको प्रहरीलाई  सबैको तर्फबाट सहयोग गर्न आवश्यक रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर