२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गोरु मारेको आरोपमा एक जना पक्राउ

Nada
दिलमाया शाही
२०८१ मंसिर ५ गते २०:२९
Shares
गोरु मारेको आरोपमा एक जना पक्राउ

जुम्ला : चोरी गरी गोरु मारेको आरोपमा जुम्लामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कन्कासुन्दी गाउँपालिका–८ का ३१ वर्षिय पदम सार्की भन्ने राजकुमार सार्कीलाई गोठिज्यूला प्रहरी चौकीले नियन्त्रण्मा लिएको हो । 

ncell

सार्कीले कन्कासुन्दी–७ बस्ने नन्दराज जैशीको सोही वडास्थित वन जंगलमा चराउन लगाएको एउटा गोरुलाई आफ्नै घरमा लगी बन्चरोले मारी काटकुट गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालले बताए । 

प्रहरीका अनुसार सार्कीमाथि थप अनुसान्धान भइरहेको छ । मुलुकी ऐनको गोवधसम्बन्धि कसुरमा मुद्दा चलाइने प्रहरीले बताएको छ ।  मुलुकी ऐनको चौपाया सम्बन्धि महल ७ को ११ नम्बरमा गोरु काट्नेलाई १२ वर्ष र सहयोग गर्नेलाई ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

ताजा खबर

सम्बन्धित खबर