२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हेटौंडा–१२ मा वडाध्यक्षका लागि १४ जनाको उम्मेदवारी

Nada
राजकुमार के.सी.
२०८१ मंसिर २ गते १९:२८
Shares
हेटौंडा–१२ मा वडाध्यक्षका लागि १४ जनाको उम्मेदवारी

मकवानपुर : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का लागि अध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हेटौंडा–१२ को अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधान (रविन), नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी, नेपाली कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन् ।

ncell

No description available.

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशाबिर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रेमबहादुर भ्लोन, नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टी (जसपा)बाट छविलाल वाईबाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङ्तानले पनि वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

No description available.

विभिन्न कारणले रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन हुन लागेको हो । हेटौंडा–१२ मा भने गत निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख पदमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो ।

हेटौंडा–१२ मा ४ हजार १७४ महिला र ३ हजार ८७८ पुरुष गरी ८ हजार ५२ जना मतदाता रहेका छन् ।

सम्बन्धित खबर