काठमाडौं- उपचारमा रहेकाबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सबै शिक्षकलाई दरबान्दी भएकै ठाउँमा फिर्ता बोलाउने भएको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी हुन् ।
काठमाडौं- उपचारमा रहेकाबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सबै शिक्षकलाई दरबान्दी भएकै ठाउँमा फिर्ता बोलाउने भएको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी हुन् ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही - हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत बरहथवा बजारमा लस्करै गाडी देखिन्छन् । यही ठाउँबाट बाहिर जाने यात्रु गाडी चढ्ने तथा बरहथवा भित्रिने यात्रु उर्लिने गर्छन् । यहाँबाट दर्जनौँ गाडीहरू जिल्ला बाहिर बाहिरिने तथा भित्रिने गर्छन् । तर, यो ठाउँ बस पार्क भने होइन । तर, सडकमा जथाभावी सवारी पाकिङ गर्दा सडक अस्तव्यस्त हुने गरेको छ ।
जिल्लाको प्रमुख व्यापारीक केन्द्रको रुपमा समेत रहेको बरहथवा बजारमा बसपार्क नभएको पनि होइन । संघीय सरकारको लगानीमा नगरपालिकाको वडा नम्बर ७ मा ६ वर्ष पहिले निर्माण भएको बसपार्क छ । बरहथवाका निवर्तमान मेयर देवानन्द महतोको पालामा निर्माण भएको बसपार्कलाई गत महिना बरहथवाकी तत्कालीन मेयर कल्पना कुमारी कटुवालले उद्घाटन गरेपनि बसपार्क विभिन्न कारणले पुर्णरुपमा प्रयोगमा भने आएको छैन । जहाँबाट सवारी साधन छुट्नु पर्ने हो त्यहाँबाट नछुटेपछि यात्रुहरूले समेत गाडी कुर्नको लागि सडकमै बस्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको बलरा, रामनगर र बरहथवाबाट दैनिक रूपमा आवतजावत गर्ने सवारीसाधनहरू बरहथवा बजारको मुख्य सडकमा रोकिने गरेका छन् । सवारीसाधन मुख्य सडकमै पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको र बसपार्क निर्माण गर्दा लागेको सरकारी लगानीको दुरुपयोग भएको स्थानीय बताउँछन् । बरहथवा नगरपालिकाका उप(मेयर रामबाबु साहले बसपार्कलाई सञ्चालनमा ल्याउन खोजेपनि सफल हुन नसकेको दाबी गरे । यातायात व्यवसायीको मनोमानी र ट्राफिक प्रहरीको गैर जिम्मेवारी पनले उक्त समस्या देखिएको उनले बताए । बसपार्क सबैको पायक पर्ने स्थानमा नभएको र पहिले निर्माण गर्ने व्यक्तिहरूले उचित स्थानमा नबनाएका कारण सञ्चालनमा ल्याउन समस्या भइरहेको यातायात व्यवसायीहरूको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख मदन थापाले नगरपालिकाले पार्किङ बोर्डको व्यवस्था गरी निश्चित पार्किङ क्षेत्र तोक्नु पर्ने र नगर प्रहरीको समेत सवारीसाधनलाई उचित स्थानमा पार्किङ गर्न लगाउने दायित्व रहेको बताए । उनले सवारी साधनको व्यवस्थापनका लागि नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए ।
काठमाडौं- दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो बजारमा सल्किएको हो । आगो बढ्दै गएपछि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
पाँचथर : पाँचथरमा एक व्यक्तिले एक तोला सुन निलेका छन् । चोरी गर्न गएका फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार गत चैत २८ गते योङ्या फिदिम-२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार नगद बरामद गरिएको थियो ।
तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स-रे गरिएको थियो । एक्स-रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो’, सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।
गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट - रौतहट क्षेत्र न १ ख को सिर्सिया क्षेत्रका स्थानीयले प्रदेश सभा सदस्य नागेन्द्र शाहको विरोधमा सडक अवरुद्ध गरेका छन् । प्रदेश सभा सदस्य शाहले लिएको ठेक्का निर्माण चलिरहेको गौर–समनपुर सडकमा धुलो उडेको भन्दै स्थानीयले विरोध गरेका हुन् । सडक निर्माणका क्रममा अत्यधिक धुलो उडी घर आँगनमा बस्न असहज भएको भन्दै स्थानीयले निर्माण कार्य नसकुन्जेल बाटोमा पानी हाल्न माग गरेका छन् ।
अवरोधका कारण सयौं सवारी साधन बाटोमा रोकिएपछि प्रहरीको सहयोगमा मोटर साइकललाई आवत जावत खुल्ला गरिएको छ । कयौं महिना देखि बाटो खनी समयमा काम अघि नबढाएकोले अत्यधिक धुलो उडेको भन्दै स्थानीयवासी विरोधमा उत्रेका हुन ।
झापा : पूर्वीतराईमा गर्मी अधिक बढेपछि बालबालिकामा संक्रामक रोग देखिन थालेको छ । पछिल्लो समय संक्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको छ ।
दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता संक्रामक रोगको समस्या बढेको छ ।
गर्मीका कारण बालबालिकामा विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा संक्रमणलगायतका समस्या देखिने गरेको उनको भनाइ छ । सो अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बालबालिका उपचार गर्न आउने गरेका छन् । यो संख्या दैनिक आउने बिरामीको दोब्बर संख्या हो ।
गर्मीको समयमा केही बच्चाले दमको लक्षणमा वृद्धि अनुभव गर्नसक्ने भएकाले पनि यो बेला अभिभावकहरुले होसियारी अपनाउनुपर्ने उनको सुझाव छ । सोही अस्पतालका बाल रोग विशेषज्ञ डा सुनिल अधिकारीले अन्य समयभन्दा गर्मीमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या हुने बताए ।
गर्मीमा विभिन्न ब्याक्टेरिया र भाइरस बढी बाँच्ने हुँदा खाना र पानीबाट हुने रोग निम्त्याउने पनि उनको भनाइ छ । अधिक गर्मीको यो समयमा बालबालिकाको उचित हेरचाह गर्न उनी सुझाव दिन्छन् । उनी भन्छन्,’दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ नखान, बासी तथा सडेगलेका खाद्य वस्तुको सेवन गर्न हुँदैन, यसतर्फ बालबालिकाका अभिभावक सर्तक हुनुपर्छ ।’
दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा गर्मी बढेपछि बिरामी भई उपचार गर्न आउनेको संख्या बढेको अस्पतालका सूचना अधिकारी देवी दंगालले बताए । यस अस्पतालमा अहिले दमकसहित दक्षिणी इलाम र पाँचथरका बिरामी स्वास्थ्य बिमासहितको उपचार गर्न आउने गरेको उनको भनाइ छ । उनका अनुसार दमक अस्पतालमा दैनिक पाँच सय बढी बिरामी बहिरङ्ग सेवामा जाँच गर्न आउने गरेका छन् । रासस
चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
काठमाडौं- आर्थिक दैनिकअध्यक्ष एवं संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ । मंगलवार बिहान सवा नौ बजेतिर स्थानीय बाहुवली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् । क्षेत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुवली मालीले बिपरित दिशातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् । मालीले धम्की दिएपछि पत्रकार रिजालले तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी दिएका थिए ।
यसैबीच, आर्थिक दैनिकका संस्थापक सम्पादक रिजालमाथि भएको सांघातिक आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जुनसुकै बहानामा भए पनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी छ । महासंघ प्रेसविरोधी यो घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
उक्त आगलागीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिकाको वडा नं.५ जगरनाथपुर नवकाटोलामा सोमबार दिउँसो आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा रहमत देवान, सम्साद देवान, अमजत देवान, रजाक देवानको फुसको घर पूर्णरुपले जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवलदार राम कुमार साहले जानकारी दिए ।
आगलागीमा घरभित्र रहेको फर्निचर, धान, चामल, गहुँ, दाल, भाँडाकुडा लत्ता कपडा, गरगहना लगायततका सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा अनुमानित २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका वडा नं.२ जमुनिया गाउँमा सोमबार राति आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट ९ खसी बाख्रा समेत मरेका छन् ।
आगलागीमा रफ मियाँ धुनिया, मनिफ मियाँको घरमा रहेको मोटरसाइकल, दुईवटा साइकल, फर्निचर, खाद्यान्न, लत्ता कपडा समेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रनी रामराजा केशरीले जानकारी दिए ।
अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटीका मधेश प्रदेश कमिटीका उपकोषाध्यक्ष सलाउदिन अहमदले चार घरपरिवारलाई राहत वितरण गरेका छन् । साथै अग्नी पीडितहरुलाई धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष प्रतिनिधि श्याम किशोर पटेल, वडा अध्यक्ष मनाउर मियाँ र राजकिशोर पटेल लगायतको टोलीले खाद्यान, लत्ता कपडा, भाँडाकुँडा, वितरण गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies