काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले बजेट एयरलाइन्सले अनावश्यकरूपमा भाडा बढाएका कारणले वैदेशिक रोजगारीमा जाने विपन्न अवस्थाका कामदारहरूलाई चर्को आर्थिकभार पारेको भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङको ध्यानाकर्षण गराएको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा बुधबार मन्त्रालय पुगेको मञ्च प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।
त्यसअवसरमा मञ्चका महासचिव तथा नेकपा माओवादी केन्द्रको उद्यमी व्यवसायी महाशाखा उपाध्यक्ष कुन्छा दोर्जे डिम्दोङ्गले बजेट एयरलाइन्सहरूले दोब्बर हुनेगरी हवाई भाडा बढाएर ४–५ घण्टाको उडानमा खाना र पानीसमेत नदिएर कामदारहरूमाथि ज्यादती गरेको भन्दै वार्षिक १२ खर्ब रिमिट्यान्स पठाउने कामदारमाथि तल्लो दर्जाको अपमानित व्यवहार हुनु दुखद् भएको बताए ।
उनले एयरलाइन्सहरूको हेपाहा व्यवहार रहेको तर दोष जति वैदेशिक रोजगार व्यवसायीलाई दिने प्रवृत्तिले व्यवसायीहरू अनाहकमा बदनाम हुनुपर्ने अवस्था रहेको भन्दै व्यवसायी बदनाम हुने अवस्थाको अन्त्य गर्न पनि मन्त्री तामाङको ध्यानाकर्षण गराए ।
जवाफमा मन्त्री तामाङले मञ्च प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्दै वैदेशिक रोजगारमा जाने कामदार सम्मानित हुनुपर्नेमा अपमानित भएको घटनाप्रति आफ्नो र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्री तामाङले मञ्चले उठाएको विषयमा मन्त्रालयले सत्यतथ्य खोजी गरि एयरलाइन्सहरूलाई सचेत र कारबाहीको तहसम्म पुर्याउने आश्वासन दिए ।
मन्त्री तामाङले हवाई भाडा मन्त्रालयको कार्यक्षेत्रभित्रको परेकाले त्यसमा मन्त्रालय गम्भीर रहेको भन्दै सुधारका लागि आवश्यक परे व्यवसायीसँग थप छलफल गर्ने पनि प्रतिबद्धता जनाएको मञ्चले बताएको छ ।
बजेट एयरलाइन्सले वैदेशिक रोजगारीमा जाने कामदारलाई टिकटभित्रबाट खाना, पानी नदिएर एक बोतल पानीलाई एक सय रूपैयाँमा बेच्ने गरेको गुनासो पटक–पटक सार्वजनिक भएको थियो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पनि कामदारको उडानमा खानाको व्यवस्था अनिवार्यरूपमा गर्न आग्रह गरेका थिए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संशाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस ग्वार्को र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा बुधबार त्रिपक्षीय छलफल भएको हो ।
छलफलमा रिटर्नीहरुका प्रश्नको जवाफमा एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङहयून क्वाकले रिटर्नीहरुलाई कुनै विभेद नगरिएको प्रष्ट पारे । छलफलपछि श्रममन्त्री अर्यालले कामदार छनोटका विषयमा कोरिया रिटर्नीहरुका आशंका तथा जिज्ञासा मेटिएकोमा आफू विश्वस्त रहेकोे बताए । श्रम सचिव घनश्याम उपाध्यायले श्रमिकको गुनासो सिधै सम्बन्धित निकायसमक्ष राख्न छलफल गराइएको बताए । यस प्रकारको त्रिपक्षीय छलफल पहिलो पटक गराइएको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
छलफलमा कोरिया रिटर्नीहरुले यसअघि सार्वजनिकरुपमा एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातासमक्ष नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो राखेका थिए ।
निर्देशक क्वाकले १६ वटा स्रोत मुलुकहरुबाट कोरिया जाने श्रमिकको छनोटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने भन्दै एचआरडी कोरियाले नेपाल र कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनोट गरी रोष्टरमा मात्रै राख्ने काम गरेको विषयमा सबैलाई जानकारी हुनुपर्ने बताए ।
उनले भने, ‘श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता हुँदैन । हामीले अनलाइनमार्फत पारदर्शीरुपमा नै परीक्षा लिन्छौं । उत्तीर्ण भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गरेर पठाउने हो, श्रमिकको छनोट रोजगारदाताले नै गर्ने व्यवस्था छ ।’
निर्देशक क्वाकका अनुसार कोरियन रोजगारदाताले अनलाइनमार्फत नै श्रमिकको माग गर्ने भएकाले रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबीच कोरियाको श्रम मन्त्रालय मातहतको जव सेन्टरले समन्वय गर्ने बताए । उनले रोजगारदाताले तोकेको मापदण्डअनुसार जव सेन्टरले श्रमिकको सूची पठाउने र जव सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनोट गर्ने भएकाले जव सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनोटमा पर्छ भन्ने सुनिश्चितता नहुने बताए ।
उनले भने, ‘रोजगारदातालाई मन परेमा छनोट गर्न पनि सक्छ, नगर्न पनि सक्छ । कोरियाका रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनोट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौंले आवेदन दिन्छन् । तर रोजगारदाताले आफूले चाहेको एक जनामात्रै छनोट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौं संख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनोट गर्छन् । जव सेन्टरले श्रमिकको सूची पठाउँदा मागभन्दा तीन गुणा बढी पठाउने गरेका छन् । सोही सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छन् ।’
नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको मागभन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । कोरियाले गत फेब्रुअरीदेखि रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परीक्षाका लागि आवेदन लिने नयाँ व्यवस्था गरेको छ । श्रमिक छनोट गर्ने प्रक्रियाको विषयमा गत पुस १३ गते ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा दुई युवकको ज्यान गएको थियोे । निर्देशक क्वाकले गलत सूचना फैलिएर उक्त घटना भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरे ।
त्यस्तै कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ । त्यसैले कोरिया र नेपालबीचको सुमधुर सम्बन्धलाई यथावत राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे ।
कोरिया र नेपालबीच ईपीएसमार्फत कोरिया रोजगारीका लागि सन् २००७ मा सम्झौता भइ सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक ईपीएसमार्फत कोरिया पुगेका थिए । गत वर्ष सन् २०२३ मा नेपालबाट १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै कोरियाले पुरस्कृत पनि गरेको थियो ।
कोरियाले गत वर्षसम्ममा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा यसपटकदेखि सिप बिल्डिङ क्षेत्रमा पनि लैजान थालेको छ ।
एचआरडी कोरियाको मागअनुसार वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनोट प्रक्रिया एचआरडी कोरिया ईपीएस सेन्टरले गर्छ । कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परीक्षा लिन्छन् र तत्काल रिजल्ट निकाल्छन् । परीक्षामा उत्तीर्ण भएका श्रमिकलाई ईपीएस शाखाबाट रोजागरीका लागि फराम भराइ विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठिक भएपछि एप्रुभ गरी रोष्टरमा सूचीकृत गरिन्छ । खाडी र मलेसियाको तुलनामा कम लागतमा जान सकिने कोरियामा कमाइ भने धेरै गुणा बढी छ ।
कति नेपाली पुगे कोरिया ?
विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५ सय ५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय १२ रहेको छ भने पुरुषको संख्या ९४ हजार ५ सय ५६ रहेको छ । सन् २००८ मा दुई हजार ८ सय १४ नेपाली श्रमिक कोरिया गएका थिए ।
२००९ मा एक हजार ९ सय ११, सन् २०१० मा दुई हजार ३ सय ३९, सन् २०११ मा तीन हजार ९ सय ८३, सन् २०१२ मा ६ हजार ३ सय ३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८ सय ६६ कोरिया गएको तथ्यांक छ ।
त्यस्तै सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८ सय, सन् २०१८ मा ८ हजार ५ सय ११, सन् २०१९ मा सात हजार १ सय ३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३ सय ८७, सन् २०२२ मा १४ हजार ३ सय ११, सन् २०१३ मा १९ हजार ६ सय ८९ नेपाली युवायुवती कोरिया गएका छन् ।
काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको जारी नेपाल भ्रमणले उक्त मुलुकमा रोजगारीमा जाने नेपाली कामदारलाई अल्पकालीन तथा दीर्घकालीन लाभ पुग्ने अपेक्षा बढेको छ । कतारी राष्ट्र प्रमुखबाट भएको नेपाल भ्रमण मुलतः दौत्य सम्बन्धलाई थप प्रगाढ र फराकिलो बनाउने दिशामा केन्द्रित हुने भएपनि कतारमा कार्यरत नेपाली कामदारको सुरक्षा र सुविधाका विषयमा दुवै मुलुकको ध्यानाकर्षण भएको कतारको रोजगारीमा चासो राख्ने सरोकारवालाहरूले बताएका छन् ।
नेपाली कामदारको अधिकार सुरक्षा र क्षेत्र विस्तारका लागि नेपाल र कतारका बीचमा भएको सन् २००५ को श्रम सम्झौतामा नयाँ प्रावधान समावेश गरी नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दृष्टिकोण रहेको थियो । श्रममन्त्री डोलप्रसाद अर्यालले श्रम सम्झौता नवीकरणको विषयमा जोडदिएको भएपनि परराष्ट्र मन्त्रालयले राष्ट्र प्रमुखको भ्रमण मुलतः दौत्य सम्बन्धमा केन्द्रित हुने बताएपछि तत्कालका लागि दुवै मुलुकबाट हुनुपर्ने गृहकार्य पूरा नभएको भन्दै श्रम सम्झौताको विषय प्राथमिकताको सूचीमा रहेन । तर कतारी अमिरको भ्रमणको मुख्य आधार उक्त मुलुकमा काम गर्ने नेपाली कामदार पनि रहेकाले उनीहरू लाभान्वित हुने धेरैको अपेक्षा छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दुवै मुलुकबीच लामो समयदेखि रहेको श्रम सम्बन्धलाई थप बलियो बनाउन उच्च कूटनीतिक भ्रमणको समयमा नेपालले श्रमिकको हितका विषय उठाउन सक्नुपर्ने बताए । नेपाली कामदारहरूको सुरक्षा अभिवृद्धि गर्ने विषय सधैंभरि व्यवसायीको प्राथमिकतामा रहेको भन्दै अध्यक्ष भण्डारीले कामदारहरूलाई कतारको श्रम कानूनभित्र समेटिएको भएपनि नेपालले अघि बढाएको सामाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा काम हुनुपर्नेमा जोड दिए । उनले रोजगारीका लागि गएका नेपाली कामदारलाई अनिवार्यरूपमा समाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा काम भए त्यो सबैभन्दा ठूलो उपलब्धि मानिने बताए ।
त्यस्तै अध्यक्ष भण्डारीले नेपाली कामदारको सीप विकासका लागि सातवटै प्रदेशमा सीप तालिम बिकासका लागि आधुनिक ट्रेनिङ सेन्टरको स्थापना र आकर्षक तलव सहितको कामदारको डिमाण्डमा नेपाली कामदारहरूलाई प्राथमिकतामा राख्ने बिषय पनि आफुहरूको माग र सरोकारको पक्ष रहेको उल्लेख गरे ।
कतारमा कामदार पठाउँदै आएका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एवम् नौकरी नेपाली रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.का अध्यक्ष नरेन्द्र प्रसाद ढकालले कतारमा नेपाली कामदार इमान्दार, परिश्रमी र लगनशील कामदारको रूपमा चिनिएकाले नेपालीहरूलाई परम्परागत निर्माण, सुरक्षा तथा सेवा क्षेत्रमा मात्रै नभएर चिकित्सक तथा नर्स जस्ता प्राविधिक क्षेत्रमा पनि अवसर दिइनुपर्नेमा नेपालले जोड दिनुपर्ने बताए । यस विषयमा नेपाली अधिकारीहरूले कतारका अमिर तथा भ्रमणदलमा सहभागी अधिकारीहरुको ध्यानाकर्षण गराउन सक्नुपर्ने उल्लेख गर्दै व्यवसायी ढकालले कतारी लगानीकर्तालाई ल्याउन सके उनीहरूले नेपालमै आकर्षक तलबको रोजगारी दिने भएकाले लगानीका माध्यमबाट रोजगारी सिर्जनाको पाटोलाई नेपालले ध्यान दिनसक्नुपर्ने उल्लेख गरे ।
संघको कतार संयोजक तोरण केसीले कतारमा रोजगारीमा जाने कामदारमा स्वास्थ्य समस्या, कोमामा रहेका बिरामीको उपचार, अंगभंग र मृत्युको बीमालगायतका गुनासाहरू रहेकाले ती समस्या छिटो समाधानका लागि उपायहरू खोजी हुनुपर्नेमा जोड दिए ।
हालसम्म १८ लाख बढी नेपाली वैदेशिक रोजगारमा गएको कतारमा हाल पनि पौने ४ लाख नेपाली कार्यरत रहेका छन् । उनीहरूका सम्बन्धमा कतार सरकारले लिने नीति र निर्णयले व्यक्तिगतरूपमा कामदार र समग्रमा रेमिट्यान्स निर्भरता नेपाली अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर रहने गरेको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्यरुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्यरुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गरेका हुन् ।
मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने हुन्छ । गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउँदैनन् । यसरी वैदेशिक रोजगारीमा जाँदा घण्टौंसम्म भोकभोकै बस्नुपर्ने अवस्था छ । त्यसैले हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरिदिन मन्त्री अर्यालले आग्रह गरेका हुन् । ‘मुलुकभित्रै अवसर नपाएर युवाहरु विदेशिन्छन् । विदेशिँदै गर्दा पनि हामीहरुले श्रमिकलाई घण्टौंसम्म भोकै राख्छौं,’ उनले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एक पटकको खानाको व्यवस्था गरिदिनुस् ।’
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना दिनुपर्ने विषयमा व्यवसायीहरु पनि सकरात्मक रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘यस विषयमा हामी पनि गम्भीर छौं । एयरलाइन्स कम्पनीहरुले व्यावसायिक फाइदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै रहनुपर्ने अवस्था आएको हो,’ उनले भने । त्यसैले नेपाल नागरिक उडड्यन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्यरुपमा खाना उपलब्ध गराउनुपर्ने नियम बनाइदिनुपर्ने उनले बताए ।
नेपालबाट औसत १ हजार ५ सय युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यी मुलुकहरुमा विभिन्न एयरलाइन्सले उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाका उडान भर्दै आएका छन् । यस्तै हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपालदेखि कतारका लागि उडान भर्दै आएका छन् । त्यस्तै, नेपालदेखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सिधै उडान भर्दै आएको छ भने एयर अरेयिबा, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् ।
सलाम एयरलाइन्सले ओमान र नेपालबीच सिधै उडान भर्दै आएको छ भने फलाई दुबई, एयर जजिरा, एयर अरेबिया, कतार एयरवेजले ट्रान्जिट उडान भर्दै आएका छन् । यूएईका लागि हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फलाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज र सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् । कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । तर नेपाल एयरलाइन्सलगायत अन्य चार वटा एयरलाइन्सले मात्रै अनिवार्यरुपमा खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।
छलफलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क, मागपत्र प्रमाणीकरणलगायतका विषयलाई व्यवहारिक बनाउन व्यवसायीले श्रममन्त्रीसमक्ष आग्रह गरेका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबारदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन् । मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारहरुको सुझाव छ ।
कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । सन् २०१९ देखि २०२२ सम्म कतारका लागि नेपाली राजदूत रहेका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउँछन् । ‘भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नुपर्छ, कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो, कतारी अमिरले भ्रमणका क्रममा सहमति जनाएपछि त्यसमा लागू गर्न कुनै बाधा अवरोध हुँदैन ।’
कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मकरूपमा न्यून छ । कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन् । जबकि कतार तुलनात्मकरूपमा विकसित र धनी मुलुक हो । भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ ।
कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ । तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनुपर्ने उनी बताउँछन् । उनले भने, ‘कतारले यसअघि नै सुरक्षा क्षेत्रमा नेपाली नागरिक लैजाने प्रयास गरिरहेको थियो र नेपालले पनि त्यसबारेमा निर्णय गरेको छ । तर कार्यान्वयन भएको छैन । उनीहरुको दृष्टिकोण पनि बुझेर यो विषय पनि कतारी अमिरको भ्रमणका बेला अघि बढाउन सके आम्दानी हिसाबले ठूलो लाभ हुन्छ ।’
त्यस्तै कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ । तर नेपालले यसमा प्रतिबन्ध गरेको छ । यद्यपि भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम गर्ने नेपाली महिलाको संख्या ठूलो छ । जुन व्यवस्थित पनि हुनसकेको छैन । घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ ।
कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्न क्षेत्रमा आह्वान गर्नुपर्ने उनी बताउँछन् । कतारले विश्वमा धेरै मुलुकका विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । नेपालमा पनि कानूनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्ने उनको भनाइ छ । रियलस्टेट, जलविद्युत, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिए । ‘कतारमा लाखौं नेपालीले लामो समयसम्म गरेको श्रमको कदर र आत्मीयताका लागि पनि कतारले नेपालमा लगानी गर्नुपर्छ । स्वदेश फर्केका नेपालीलाई उद्यम सञ्चालनका लागि र कतार जाने नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि पनि कतारले सीप विकास केन्द्र खोल्नलाई पनि सहयोग गर्नुपर्छ,’ भण्डारीले भने ।
कतारले विश्वका विभिन्न क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कतारले नेपालमा लगानी गरेमा यसले दुई देशका जनताबीचको सम्बन्धसमेत विस्तार हुने अध्यक्ष भण्डारीको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको हकहितका लागि कतारसँगको विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको बताए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले तत्कालैदेखि काम गर्ने वातावरण बन्ने हो भने मात्रै आगामी १५ वर्षभित्रमा बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न सकिने बताएका छन् । गत संसदीय निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले देशमा रोजगारी सिर्जना गरेर बाध्यताको वैदेशिक रोजगार तत्कालै अन्त्य गर्ने दाबी गरेका थिए ।
आइतबार मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’सम्बन्धी छलफल कार्यक्रममा मन्त्री अर्यालले बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य गर्न कम्तीमा १५ वर्ष लाग्ने बताए । ‘हामीले अहिलेदेखि नै रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुने छ ।’
श्रम मन्त्रालयले रोजगारदाता, रोजगारी तथा उपयुक्त अवसरको खोजीमा रहेका युवायुवती र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ राजधानीमा बृहत् रोजगारी मेला आयोजना गर्ने तयारी गरेको बताएको छ । त्यस विषयमा विज्ञ तथा सरोकारवालाका सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो ।
रोजगार मेलामा मुख्यगरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवायुवती र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले जानकारी दिए । साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवायुवतीलाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्ने पनि मन्त्री अर्यालले बताए ।
श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको उल्लेख गर्दै मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने बताए ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको उल्लेख गरे ।
छलफलमा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुगांना, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, उद्योग बाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियनका उपाध्यक्ष तेजेन्द्र कार्की, वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपाललगायतका व्यक्तिले आ–आफनो सुझाव राखेका थिए । कार्यक्रममा आईएलओका प्रतिनिधि सौरभ जोशीले कार्यपत्र प्रस्तुत गरको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा उनले भने, “हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।”
श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो ।
मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । उनले भने, “मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।”
उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए । छलफलमा नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिएका थिए ।
काठमाडौं : चैत महिनामा मलेसिया कामदार पठाउने म्यानपावर कम्पनीहरू अग्रस्थानमा देखिएका छन् । चैतमा ७ सय ७८ म्यानपावर कम्पनीले ३३ हजार ३ सय ६९ नयाँ कामदार पठाएका थिए । ७९ म्यानपावर कम्पनीले न्यूनतम एक सय र त्यसभन्दा बढी कामदार पठाउन श्रम स्वीकृति लिएका छन् ।
मलेसियामा कामदार पठाउँदै आएको इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. ८ सय ५३ जना कामदारको श्रम स्वीकृति लिएर धेरै कामदार पठाउने म्यानपावर कम्पनीको पहिलो स्थानमा रहेको छ ।
मलेसिया सरकारले सन् २०२४ को मे ३१ तारिकसम्म यसअघि एप्रुभल लिएका डिमाण्डमा विदेशी कामदार ल्याइसक्न रोजगारदाताहरूलाई समयसीमा तोकेका कारण चैत महिनामा मलेसिया जाने कामदारको संख्या अन्य महिनाको तुलनामा धेरै देखिएको र वैशाख महिनादेखि मलेसिया जाने नेपाली कामदारको संख्यामा ठूलो कतौती हुने बताइएको छ ।
मलेसियाका रेष्टुरेन्ट व्यवसायी तथा मझौला रोजगारदाताहरूले हाल एप्रुभल पाएका विदेशी कामदार कम्तीमा आगामी सेप्टेम्बर अन्तिमसम्म ल्याउन दिनुपर्ने माग गरेका छन् । मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको कार्य गत मार्च ५ तारिकदेखि नै रोकेको थियो । नेपाली दूतावासले तोकिएको अवधिमा नेपालबाट कामदार आउन नसक्ने अनुमानका आधारमा सेक्युरिटी गार्डबाहेक अन्य क्षेत्रको मागपत्र प्रमाणीकरण रोकेको हो । मलेसियामा विदेशी कामदारको संख्या बढाउन नदिने बारेमा राष्ट्रियस्तरमै छलफल भइरहेको छ ।
यस्तै चैतमा सबैभन्दा बढी कामदार पठाउने म्यानपावरको दोस्रो नम्बरमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि. परेको छ । सो प्रा.लि.ले चैतमा ७१६ जना कामदार पठाएको छ भने तेस्रो नम्बरमा आकर्षण इन्टरनेशनल प्रा.लि. रहेको छ । आकर्षणले चैतमा ६१० जना कामदार पठाएको छ । यसैगरी ६०७ जना कामदार पठाएर एसओएस म्यानपावर सर्भिस प्रा.लि. चैतमा बढी कामदार पठाउनेको सूचीमा चौथो र ४२९ जना कामदार पठाएर प्याराडाइज इन्टरनेशनल प्रा.लि. पाँचौं नम्बरमा परेको छ ।
चैतमा धेरै कामदार पठाउने म्यानपावरहरु :
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ८५३
नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– ७१६
आकर्षण इन्टरनेशनल प्रा.लि.– ६१०
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ६०७
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ४२९
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– ३७९
दि रिभर ओभरसिज प्रा.लि.– ३९५
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.– ३७२
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३४९
मास ह्युमन रिसोर्स प्रा.लि.– ३०३
बज्र ह्युमन रिसोर्स प्रा.लि.– ३००
काबेली ह्युमन रिसोर्स प्रा.लि.– २९८
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– २९७
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– २९६
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– २७३
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.–२६७
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– २६१
सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि.– २४४
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट प्रा.लि.– २४१
डिएन म्यानपावर प्रा.लि.– २३४
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.– २२५
विज्ञान एचआर म्यानेजमेन्ट प्रा.लि.– २१५
ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि.– २०६
एचएमटी ओभरसिज प्रा.लि.– २००
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– १९७
जब सिकर म्यानपावर प्रा.लि.– १९७
थिंक बिज इन्टरनेशनल प्रा.लि.– १८६
ट्रष्ट नेपाल ओभरसिज प्रा.लि.– १८५
एबिसी ओभरसिज प्रा.लि.– १८०
द सेन्टर ओभरसिज प्रा.लि.– १७७
शिखर इन्टरनेशनल मेनपावर सर्भिस प्रा.लि.– १७५
अञ्जली ओभरसिज सर्भिस प्रा.लि.– १७३
वाहा म्यानपावर सप्लायर्स प्रा.लि.– १७२
सागर रिक्रुटमेन्ट प्रा.लि.– १६९
वीन रिक्रुटमेन्ट प्रा.लि.– १६७
नेपाल एचआर सोलुसन प्रा.लि.– १६६
वर्ल्ड नेट रिक्रुटमेन्ट प्रा.लि.– १६६
अल समिट मेनपावर प्रा.लि.– १६५
रोयल इन्टरनेशनल ओभरसिज प्रा.लि.– १६३
गल्फ म्यानेजमेन्ट इन्टरनेशनल प्रा.लि.– १५७
गल्फ स्काई इन्टरनेशनल प्रा.लि.– १५७
ब्रोदर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १५६
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– १५६
स्काई स्टार रिक्रुटमेन्ट प्रा.लि.– १५३
साहरा इन्टरनेशनल प्रा.लि.– १५१
एशिया लिंक सर्भिस प्रा.लि.– १४८
गाइडलाइन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १४८
मनास्लु इन्टरनेशनल सर्भिस प्रा.लि.– १४७
ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १४०
चन्द्रकामना म्यानपावर प्रा.लि.– १३७
सान नेपाल प्रा.लि.– १३५
बिएस ओभरसिज प्रा.लि.– १३५
रोटरी ओभरसिज प्रा.लि.– १३५
वर्ल्ड वाइड इम्प्लोइमेन्ट प्रा.लि.– १३३
ग्रेस ओभरसिज प्रा.लि.– १३३
हमदान ग्लोबल प्रा.लि.– १३२
थ्री ब्रोदर्स ह्युमन रिसोर्स प्रा.लि.– १३०
ओमेगा इन्टरनेशनल प्रा.लि.– १२९
अञ्जुलिमा इन्टरनेशनल प्रा.लि.– १२८
ब्लु ओसन ओभरसिज प्रा.लि.– १२५
अल अयुनी ओभरसिज सर्भिस प्रा.लि.– १२४
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– १२४
डिके रिभर ओभरसिज प्रा.लि.– १२३
एयर किङ्स प्लेसमेन्ट प्रा.लि.– १२२
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १२२
आर बी ओभरसिज प्रा.लि.– १२०
अल आक्समास कम्पनी प्रा.लि.– ११७
बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– ११६
ब्राइट स्टार ह्युमन रिसोर्स प्रा.लि.– ११६
अल एशिया ओभरसिज प्रा.लि.– ११३
पशुपति एचआर सोलुसन प्रा.लि.– ११२
जनशक्ति इन्टरनेशनल सर्भिस प्रा.लि.– १११
डमरू रिसोर्स प्रा.लि.– १०९
लक्की ओभरसिज प्रा.लि.– १०९
एक्सेस पार्ट्नर्स पा.लि.– १०७
राज ओभरसिज प्रा.लि.– १०६
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १०५
मदरल्याण्ड ओभरसिज सर्भिस प्रा.लि.– १०३
सगरमाथा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १०२
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले यस वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ ।
शुक्रबार एक कार्यक्रमबीच सत्तारूढ दल नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एवम् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य लालप्रसाद (एलपी) सावा लिम्बूलगायतको उपस्थितिमा क्यालेन्डर विमोचन गरिएको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिए ।
अल्फा बिटा कप्लेक्स नयाँ बानेश्वरमा आयोजित सो कार्यक्रममा मञ्च कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार तथा अग्रज व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : साउदी अरेबियाको जेलमा परेका विनोदलाल परियार सकुशल घर फर्किएका छन् । करिब पाँच वर्ष अगाडि रोजगारीको सिलसिलामा परियार साउदी पुगेका थिए । २०८० साल मंसिरदेखि फागुनसम्म सञ्चालन गरिएको उद्धार अभियानमार्फत परियार बिहीबार आफ्नै जन्मठाउँ रोल्पाको माडी गाउँपालिका–५ सरुवा आइपुगेका हुन् ।
साउदीमा ड्राइभिङ पेसा गर्ने परियारले चलाएको गाडी दुर्घटनामा परेको थियो । त्यसपछि साउदीकै नागरिकले दर्ता गराएको दुर्घटना मुद्दामा उनलाई १० वर्ष जेल र ३० हजार ४ सय २ रियाल जरिवाना तोकिएको थियो ।
त्यसलगत्तै उद्धार अभियान नेपालका तर्फबाट संयोजक रोशन परियारको पहलमा उनको उद्धार गरिएको हो । सो क्रममा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीको साथ सहयोगले आफू स्वदेश फर्किन सफल भएको विनोदलाल परियारले बताए । परियारले आफू सहयोग गर्ने सबैको ऋणी भएको समेत बताए । साउदीको जेलबाट उद्धारका लागि सहयोग गर्न भूमिका खेल्ने सबै सहयोगीप्रति परियारका श्रमती रिता परियारले धन्यवाद व्यक्त गरिन् ।
संयोजक परियारको अध्यक्षतामा बिहीबार एक कार्यक्रमको आयोजना गरी परियारलाई घरमा स्वागत गरिएको थियोे । सो क्रममा परियारको उद्धारका लागि संकलन गरिएको आर्थिक सहयोगका बारेमा पनि जानकारी दिइएको थियो ।
परियारको उद्धार अभियानबाट११ लाख ५७ हजार १ सय ६२ रुपैयाँ उठेकोमा परियारको रिहाइका लागि साउदी जेलमा तिरेको रकम १० लाख ६४ हजार ७० रुपैयाँ रहेको संयोजक परियारले जानकारी दिए । परियारलाई काठमाडौंदेखि घरसम्मको भाडा १५ हजार ३ सय ९५ रुपैयाँ, रसिद छपाई तथा छाप बनाउँदा ५ हजार ८ सय रुपैयाँ गरी जम्मा खर्च १० लाख ८५ हजार २ सय ६५ रुपैयाँ रहेको संयोजक परियारले बताए । तिरेर बचेको रकम ७१ हजार ९ सय रुपयाँ दुर्घटना तथा रोगले ग्रसित र उपचार गराइरहेका व्यक्तिहरुलाई सहयोग गर्नेसमेत उनले बताए ।
बचत रकम कार्यक्रमका प्रमुख अतिथि माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र बुढामगर र अभियानका सक्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष भरत बहादुर बुढामगरले हस्तान्तरणसमेत गरेका छन् । जसमा माडी गाउँपालिका ५ टाङधारा निवासी गणसरी वलीलाई ८ हजार, झौबाङ निवासी नरबहादुर वलीलाई ८ हजार ५ सय, बाङ्मा निवासी पर्मलाल बुढामगरलाई ८ हजार ५ सय, एनाबाङ निवासी प्रेम घर्तीमगरलाई ८ हजार ५ सय, जङमाङ निवासी नरसिङ बुढामगरलाई १० हजार, जङमाङ निवासी अमरबहादुर बुढा मगरलाई ८ हजार ५ सय, झौबाङ निवासी हरिकला घर्तीमगरलाई ७ हजार ५ सय र थबाङ गाउँपालिका ४ तेलखोला निवासी अस्मिता विकलाई ९ हजार दिइएको छ ।
विनोदलाल परियार उद्धार अभियानमा भिमबहादुर बाँठा मगर (चिरन), सन्तबहादुर घर्तीमगर, धनबहादुर बुढामगर, सविना घर्तीमगर, पहिलो पाइला नेपाल, प्रकाश बिक, बिष्मलाल परियार, हिरालाल घर्ती, लोकेन्द्र बुढामगर, अमर डाँगी, गौप्रसाद घर्ती, तिर्थ बुढामगर र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाले आफ्नो तर्फबाट भूमिका निर्वाह गरेका थिए ।
अभियानका मुख्य संयोजक गंगाराम बुढामगर (जि.आर.गाउँले), यस युनिट टिम प्रवासी समूहका अध्यक्ष, रुपेश बिक, मन बहादुर परियार, भरत बहादुर बुढामगर, नेकपा माओवादी केन्द्र माडी गाउँपालिकाका कार्यवाहक अध्यक्ष र प्रशासनिक सहजीकरण तेजेन्द्र बुढामगर रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies