काठमाडौं : उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री महासेठको सम्पत्ति विवरणमा २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी रहेको उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छ । जनपुरका जुलीकुमारी महतोको नाममा ३ कठ्ठाको घर–घडेरी रहेको छ । त्यस्तै ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ ।
पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कठ्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कठ्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ ।
त्यस्तै महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कठ्ठा जमिन रहेको खुलाइएको छ । यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले बैंक खातामा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिएको श्रेष्ठले उल्लेख गरेका छन् ।
उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ ।
उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ । पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ ।
हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।
सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन् । यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन् । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ ।
विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले २०८० साल भदौ २० गते बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
जसअनुसार प्रधानमन्त्री प्रचण्ड चितवनको भरतपुर महानगरपालिका-१४ मा पार्किङसहित १४ कठ्ठा जग्गामा बनेको घर र वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको छ । घर र जग्गा दुवै दाहालकी दिवंगत श्रीमती सीता दाहालको नाममा रहेको छ ।
प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ । प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।
काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।
मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
“मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटी काटी घाइते भएको अवस्थामा फेला परेका छन्”, उनले भने, “अनुन्धानका क्रममा चिरेनलाई हिजो चोभारचाल्ना खेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खेलेको छ ।”
उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताए ।
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरी आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको आरोप लगाएका छन् । नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि एक विज्ञप्ति जारी गर्दै उनले सहकारी ठगीबारे कान्तिपुरमा आएको समाचार शृंखला रोक्न आफूप्रति प्रतिशोध साँधिएको जिकिर गरेका हुन् ।
सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको बताएका छन् । यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन् । उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन, कान्तिपुरको समाचार रोकाउन, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।’
काठमाडौं : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराए ।
दलीय प्रतिनिधिका आधारमा नीति तथा कार्यक्रमाथि छलफल हुने जनाउँदै उनले त्यसका लागि सम्बन्धित दलका पदाधिकारीले वक्ता सांसदको नाम बैठक प्रारम्भ हुनुअगावै कार्यव्यवस्था शाखामामा उपलब्ध गराउन आग्रह गरे ।
नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न चाहने सांसदले सोको सूचना यही जेठ ९ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म कार्यव्यवस्था शाखामा उपलब्ध गराउनुपर्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
काठमाडौं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । गत वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
उनको दुईव टा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
मुग्लिन : माइक्रो बस र टिप्पर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिप्पर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिप्परसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।
शिव विक/मध्यान्ह
काठमाडौं : काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको समस्या फेरि सतहतमा आएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले रोकेपछि यो समस्याले फेरि स्थानीय जनप्रतिनिधि र संघीय प्रतिनिधिकै ध्यान तानेको छ ।
धादिङ र नुवाकोटको सीमा क्षेत्रमा फोहोर व्यवस्थापन हुँदै आएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन शुरु गरेका छन् । आइतबार उनीहरुले फोहोर बोकेका सवारीसाधनहरू रोकिएका हुन् ।
यसअघि २४ चैत २०८० मा पनि सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए ।
बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति नुवाकोट–धादिङ ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको थियो । सहरी विकास मन्त्रालयसँगको छलफल पछि भने फोहोर व्यवस्थापन अवरोध हटेको थियो ।
स्थानीयको माग सम्बोधन गर्न नसक्दा बन्चरेडाँडा बासी निश्चिम समयपछि फोहोरका गाडी रोक्छन र सरकारको ध्यानाकर्षण गर्छन् । सरकार केही सम्झौता गर्छ तर, दिर्घकालीन समाधान खोज्दैन् । परिणाममा काठमाडांंैंको फोहोर व्यवस्थापन सँधैको समस्या बन्न पुगेको हो ।
काठमाडौं महानगर मेयरका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार आइतबार काठमाडौं महानगरको मात्रै ६०–७० वटा फोहोर बोकेका सवारी साधन रोकिएका हुन् । अन्य स्थानीय तहहरूको समेत गरी ३ सयभन्दा बढी गाडीहरू रोकिएका छन् । फोहोर जान नपाएपछि काठमाडौंका सडकमा पार्किङ गर्न परिरहेको छ ।
सरोकारवालाहरु संघीय सरकार र स्थानीय सरकारको दीर्घकालीन योजना नहुँदा समस्या भएको बताउँछन् । दुई वर्षका लागि भने पनि विगत १७ वर्षदेखि सिसडोलमा नै फोहोर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको हो । यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहोरलाई व्यवस्थापन गरिँदै आएको थियो ।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर निस्किन्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर सिसडोल लैजाने गरिन्छ।
पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहोर व्यवस्थापनको काम सुरू भए पनि स्थानको अभावका कारण समस्या आएको हो ।
फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहोर रहँदा समस्या हुने गरेको छ ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण बेला बेला समस्या भएता पनि स्थानीयसँग सहमत गरेर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies