काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको आगामी नेतृत्वका लागि आधा दर्जन व्यवसायीले आकांक्षा देखाएका छन् । एशोसिएसनको आगामी शनिबार साधारण सभा र नयाँ नेतृत्व चयनको मिति तोकिएको छ । साधारण सभाको मिति नजिकिएसँगै गोप्य रणनीतिका साथ आन्तरिक तयारी तीव्र पारेका नेतृत्वका आकांक्षी व्यवसायीहरू सार्वजनिक हुन थालेका छन् ।
कांग्रेसले सकेसम्म सहमतिमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका कांग्रेसी व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्ने वातावरण तयार गरिरहेका छन् । अध्यक्षका लागि तृतीय उपाध्यक्ष दीपक थापा, पूर्ववरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल, सल्लाहकार किशोरकुमार केसी, संस्थापकमध्येका चिरञ्जीवी बस्याल, प्रथम उपाध्यक्ष भगीरथ राई (रमेश)लगायतले तयारी गरेका छन् । पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने र पूर्ववरिष्ठ उपाध्यक्ष ऋषि शर्माले सर्वसम्मतिले नेतृत्व दिए लिने बताएका छन् ।
प्रथम उपाध्यक्षमा भवानी निरौला, विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रुची देखाएका छन् भने महासचिवमा पंकज कोइराला, मोहन ढुंगेल, महेश बस्नेत र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरूपमा व्यक्त गरेका छन् ।
कतिपयले अन्तिम समयमा उम्मेदवारहरूको अवस्था हेरेर सरप्राइज उम्मेदवारी दिने बताएका छन् । प्यानल सार्वजनिक गर्दा अर्को समूहले चलखेल गर्ने र फुटाउने त्रासले सबैले आफ्नो रणनीति गोप्य राखेको बताइएको छ । यसअघि बिहीबार अबेरसम्म उम्मेदवार र प्यानलको खाका सार्वजनिक गर्ने बताइए पनि पदाधिकारीका आकांक्षी धेरै भएपछि प्यानलभित्र नै कसलाई एशोसिएसनमा उमेदवार बनाउने, कसलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।
कतिपय व्यवसायी मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समयअघिसम्म छलफल जारी रहने बताउँछन् । एशोसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा अनपेक्षितरूपमा पेचिलो बनेको छ । कतिपयले नेपाली कांग्रेसले हालै गठन गरेको वैदेशिक रोजगार तथा आप्रवासन समन्वय विभागमा भएको मनोनयनप्रति विरोध जनाउँदै उम्मेदवारी दिन लागेको बताएका छन् ।
आधा दर्जनभन्दा बढी अध्यक्षका आकांक्षी देखिएपनि निर्वाचनमा बढीमा तीन नभए दुई प्यानलबीच प्रतिस्पर्धा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दाबी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले ९ पदाधिकारी र १० सदस्य गरी १९ जनाको निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ । एशोसिएसनले निर्वाचनका लागि पूर्वअध्यक्ष यमबहादुर केसीको संयोजकत्वमा मचिन्द्र शेर्मा र अधिवक्ता सन्तोष राजभण्डारी सदस्य रहेकोे निर्वाचन समिति गठन गरेको छ ।
२०६३ सालमा स्थापना भएको एशोसिएसनमा संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटपछि क्रमशः यमबहादुर केसी, किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान जजजन्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमितिमा निर्विरोध निर्वाचित भएका थिए । पछिल्ला केही वर्षयता सहमति हुन नसकेपछि हंशराज वाग्ले, नरेन्द्रप्रसाद ढकाल र कुमुद खनाल निर्वाचनको माध्यमबाट अध्यक्ष चयन भएका हुन् ।
प्रतिनिधि ३५० हाराहारीमा
एशोसिएसनको साधारण सभामा ३ सय ५० व्यवसायीले भाग लिने भएका छन् । बिहीबार निर्धारण गरिएको समयसम्म उक्त संख्यामा व्यवसायीले वार्षिक सदस्यता शुल्क बुझाएर प्रतिनिधि पठाएका छन् ।
एशोसिएसनका अध्यक्ष कुमुद खनालले कम्प्युटरमा डाटा राख्ने काम भइरहेको भन्दै अन्तिम संख्या एकिन गर्न बाँकी रहेको बताए । कतिपयले तोकिएका केही कागजात पठाउन छुटाएका छन् । निर्धारित समयमा शुल्क बुझाएका व्यवसायीले छुटाएका कागजात पेश गरे प्रतिनिधि बन्न पाउने बताइएको छ ।
निर्वाचन समितिले शनिबार अपराह्न निर्वाचन गराएर साँझसम्म नतिजा सार्वजनिक गर्ने योजनाअनुसार काम गरिरहेको निर्वाचन समितिका संयोजक एशोसिएसनका पूर्वअध्यक्ष यमबहादुर केसीले बताए ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरुले गोप्य रणनीतिका साथ आन्तरिक तयारीलाई तीव्र पारेका छन् । पटक–पटक मिति सर्दै आएको साधारण सभाको मिति जेठ ५ गते शनिबार तोकिएको छ ।
नेपाली कांग्रेसले सकेसम्म सहमतिमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्नुपर्ने भन्दै अध्यक्ष तथा पदाधिकारीका लागि आन्तरिक छलफलमा लागिरहेका छन् ।
अध्यक्षका लागि तृतीय उपाध्यक्ष दीपक थापा, तारानाथ अर्याल, संस्थापकमध्येका चिरञ्जीवी बस्याललगायतले तयारी गरेका छन् । तर प्यानल सार्वजनिक गर्दा अर्को समूहले चलखेल गर्ने र फुटाउने त्रासले सबैले आफ्नो रणनीति अतिगोप्य राखेका छन् । प्रथम उपाध्यक्षमा विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रुची देखाएका छन् भने महासचिवमा कृष्णकुमार जैसी, मोहन ढुंगेल र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरुपमा व्यक्त गरेका छन् । उम्मेदवार र प्यानलको खाकाले बिहीबारसम्म ठोस आकार लिने बताइएको छ । कतिपयले अन्तिम समयमा उम्मेदवारहरुको अवस्था हेरेर “सरप्राइज उम्मेदवारी” दिने बताएका छन् ।
चुनावी प्रतिस्पर्धामा भने दुई प्यानल खडा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दाबी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरुले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
व्यवसायीहरुले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले वरिष्ठ र नेतृत्व क्षमता तथा आर्थिक दृष्टिकोणले अब्बल रहेको प्रचार गर्दै उम्मेदवारीमा दाबेदारी गर्ने गरेका छन् । कतिपय व्यवसायीहरु आफूले नजिते पनि हराउने र कतिपयले व्यापारमा गरेकोे घातको बदला लिने भन्दै पक्षधरता देखाउने गरेकोे समाचार स्रोत बताउँछ ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले ९ पदाधिकारी र १० सदस्य गरी १९ जनाको निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ । निर्वाचनका लागि पूर्वअध्यक्ष यमबहादुर केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
एशोसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएको छ ।
२०६३ सालमा स्थापना भएको एशोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यमबहादुर केसी, किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमितिमा निर्विरोध निवाचित भएका थिए । पछिल्ला केही वर्षयता सहमति हुन नसकेपछि हंशराज वाग्ले, नरेन्द्र प्रसाद ढकाल र कुमुद खनाल निर्वाचनको माध्यमबाट अध्यक्ष चयन भएका हुन् ।
काठमाडौं : माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन् । उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन् ।
कठमाडौँमा मंगलबार मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिइन् । ‘एक जना पीडितले कसले बेचेको र कसरी श्रीलंका पु¥याएको नामसहित मुख खोल्नुभएको छ,’ उनले भनिन्, ‘प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ ।’
उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताइन् । जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ । त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलाइन् । मंगलबार काठमाडौंको एक ‘स्पा’बाट १४ जना किशोरीको उद्धार गरिएको उनले जानकारी दिइन् ।
खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष उमेरसम्मका बालिकाको शारीरिक एवम् मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो । ‘विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्,’ उनले भनिन्, ‘कसरी रोक्ने हो ? चिन्ताजनकस्थिति छ । न्याय टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।’
काठमाडौं : प्रहरीले भिजिट भिसाको आवरणमा नेपाली महिलालाई कुवेत पुर्याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दैलेख नारायण नगरपालिका–९ घर भइ काठमाडौंको तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका–८ घर भइ काठमाडौंको टोखा नगरपालिका ६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विकलाई पक्राउ गरिएको बताएको छ ।
उनीहरूले नेपाली महिलालाई शुरूमा भिजिट भिसामार्फत दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनि आश्वासन दिएर कुवेत पुर्याइ घरेलु काममा लगाउनुका साथै शारीरिक तथा मानसिक यातना दिइ बन्धक बनाएको खुल्न आएको प्रहरीले दाबी गरेको छ । प्रहरीले पीडितका नातेदारबाट प्राप्त जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई वैशाख २७ गते नेपाल ल्याइएको बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनार र विकलाई बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । उनीहरूले यसअघि पनि पटक–पटक नेपाली महिलालाई भिजिट भिसामा यूएई हुँदै कुवेत पुर्याएर घरेलु काममा लगाएको देखिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवै जनालाई मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले बताएको छ ।
मानव बेचबिखनमा दोषी ठहरिए २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने प्रावधान छ । अन्य फौजदारी अभियोगमा प्रहरीले प्रमाण पुर्याउनुपर्ने र मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐनअनुसारको अभियोगमा पक्राउ परेको अभियुक्तले आफ्नो निर्दाेषिता प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायीद्वय हरिबहादुर रेग्मी क्षेत्रीलाई पितृशोक परेको छ । काठमाडौंको सामाखुसीमा रहेको अल समित म्यानपावर प्रा.लि.का सञ्चालक क्षेत्रीका पिता खड्कबहादुर रेग्मी क्षेत्रीको बुधबार निधन भएको हो ।
क्षेत्रीको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । क्षेत्रीका एक श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन् ।
काठमाडौं : सरकारले श्रम गन्तव्यको स्थानान्तरण गर्ने नीति लिइने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरिएको छ ।
नीति तथा कार्यक्रममा श्रम कूटनीतिलाई थप सक्रिय बनाउँदै विभिन्न मुलुकसँगको श्रम सम्झौताको पुनरावलोकन तथा थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी गरिने उल्लेख छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानूनमा परिमार्जन गरिने प्रतिबद्धता कार्यक्रममा रहेकोे छ ।
त्यसैगरी वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित, व्यवस्थित र उपलब्धिमूलक बनाउन वैदेशिक रोजगारीमा जानुपूर्वको अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क बनाइ सीपबिना वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गरिने कार्यक्रममा उल्लेख छ ।
उच्च दक्षता आवश्यक पर्ने तोकिएको वैदेशिक रोजगारीको क्षेत्रमा जाने श्रमिकका लागि प्रस्थानपूर्व फरक प्रकृतिको अभिमुखीकरण तालिम दिने व्यवस्था मिलाइने भन्दै नीति तथा कार्यक्रममा वैदेशिक रोजगारलाई स्थानीय तहका रोजगार केन्द्रमार्फत समन्वय र सहजीकरण गरी वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत विप्रेषण स्वदेशमा ल्याउन प्रोत्साहित गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका नागरिकका सीप र व्यावसायिक दक्षताका आधारमा उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानीय तह एवम् वैदेशिक रोजगार बोर्डसमेतको संलग्नतामा व्यवसाय सञ्चालन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष र प्रतिस्पर्धी बनाउँदै बजारको मागअनुसार उत्पादनशील रोजगारी प्रवद्र्धन गरिने भन्दै नीति तथा कार्यक्रमले रोजगार व्यवस्थापन र सीप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने र सञ्चालनमा रहेका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिने विषयलाई समेटेको छ ।
वैदेशिक रोजगारीबाट फर्केका युवा, दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गरी स्थानीय तहमा लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र स्तरोन्नति गरिनेछ । आगामी आर्थिक वर्ष कम्तीमा १ हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइ लघु, घरेलु एवम् साना उद्यमीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्चालन गर्नसक्ने व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
रैथाने तथा परम्परागत सीप र पेशामा आधारित उद्यम प्रवद्र्धन गरिने भन्दै सार्वजनिक नीति तथा कार्यक्रमले रोजगार तथा स्वरोजगारसँग सम्बन्धित प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष, सीप विकास तथा रोजगार प्रवद्र्धनलगायतका कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइने विषय समेटेको छ ।
प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बहुप्राविधिक शिक्षालय स्थापना गरिने, बेरोजगारी र रोजगारीको अवसरको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने र प्रदान गर्नेबीच सम्बन्ध सेतु स्थापित गर्न राष्ट्रिय सीप विकास तथा रोजगार प्राधिकरणको संस्थागत व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँग रोमानिया जाने नेपाली कामदारलाई नेपालमा नै भिसा उपलब्ध गराउन आग्रह गरेका छन् ।
मन्त्री अर्यालले मंगलबार मन्त्रालयमा टेनेसँग गरेको भेटवार्तामा रोमानिया र नेपालबीच नेपाली कामदारलगायत आपसी हितका विषयमा छलफल भएको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ । छलफलका क्रममा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारीसमेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
त्यस्तै श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानियामा समेत मान्यता दिन अनुरोध गरेका छन् । उनले रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्नसमेत आग्रह गरे ।
राजदूत सेजोनोभले रोमानियाका रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्र्याउन चाहेको बताइन् । साथै रोमानियामा नर्सिङ, निर्माण, हस्पिटालिटीलगायतका क्षेत्रमा नेपालीहरुको अत्यधिक माग रहेकोसमेत उनले बताइन् ।
रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् । राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली कामदारका लागि ७ हजार ८ सय भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५ सय नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।
नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कूटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकारबीच सन् २०२३ को अक्टोबर ६ मा श्रमसम्बन्धी समझदारी भएको हो ।
काठमाडौं : नेपाली कांग्रेसकाे वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागले वैदेशिक राेजगार तथा श्रम आप्रवासनलाई सहयोग पुर्याउन विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ प्रमुख रहेको दश सदस्यीय नेपाली कांग्रेस वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग गठन गरेका थिए । विभागमा हाल यूएईमा कार्यरत रूपन्देहीका चित्रबहादुर केसी, हाल अमेरिकामा रहेका मुस्ताङका नवीन शेरचन, लमजुङका राजेन्द्र अधिकारी, मोरङका जयश बोहोरा, वैदेशिक रोजगार व्यवसायी एलाइन्स ह्युमेनका सुजित श्रेष्ठ, सदिक्षा ओभरसिजका दीपक थापा, गुडलक ओभरसिजका सञ्जय पनेरू, अलर्ट ओभरसिजका देवकुमार खोखाली, ग्लोबल राइजिङका महेश बस्नेत र जेन्युइन प्लेसमेण्टकी हिरादेवी बुढाथोकी मनाेनयन भएका छन् । उनीहरूलाई साेमबार प्रमाणपत्र प्रदान गरिएको छ ।
विभाग प्रमुख रसाइलीले साेमबार विभागका नवनियुक्त सदस्य लाेकतान्त्रिक एशाेसिएसनमा आवद्ध अग्रज व्यवसायीबीच वैदेशिक राेजगार तथा श्रम आप्रवासनलाई सहयोग पुर्याउने विभिन्न पक्षबारे छलफल गरेका थिए । विभाग सदस्य पनेरूले वैदेशिक राेजगार र आप्रवासनका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारकाे मुख ताक्नेभन्दा पार्टीको विदेशमा रहेका जनसम्पर्क समितिसँग समन्वय गरी तत्कालै राहत र उद्धारका काम गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
छलफलमा एशोसिएसनका पूर्वअध्यक्षहरू किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपानेलगायतका करिब दुई दर्जन व्यवसायी सहभागी थिए । पूर्वअध्यक्ष ढकालले विभागलाई बढी प्रभावकारी बनाउन सबै पक्ष र क्षेत्रलाई समेटेर जानुपर्ने पक्षमा व्यवसायी सुझाव दिएकाे र विभाग प्रमुख रसाइलीले विभाग ५० सदस्यीय हुने र सम्बन्धित क्षेत्रका अग्रज र विज्ञहरूसहित थप ४० जना सदस्य थप गरेर जिम्मेवारी तथा मर्यादाक्रम मिलाएर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए । विभागले देशगत संयन्त्र, सम्बन्धित मन्त्रालय हेर्ने तीन सदस्यीय समिति बनाउने विषयमा छलफल गरेपनि निर्णय गर्न बाँकी रहेकोे बताइएकाे छ ।
तिलोचन गौतम/मध्यान्ह
मलेसिया : वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको आगलागीमा परेर मृत्यु भएको छ । मलेसियाको जोहोरबारु पोन्टेनस्थित एक कम्पनीको होस्टलमा आगलागी हुँदा सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाको मेलौली नगरपालिकाका दिपक सिंह नायकको मृत्यु भएको हो । आइतबार बिदाको दिन रातिको काम सकाएर होस्टलमा सुतिरहेको बेला अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।
नायकको शव प्रहरीले पोस्टमार्टमका लागि लगेको र आवश्यक कानूनी प्रक्रिया पुर्याएर उनको शव स्वदेश फर्काउने तयारी भइरहेको मलेसियास्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए । नायक विगत ९ वर्षदेखि मलेसियामा थिए ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूको आन्तरिक तयारी तीव्र बनेको छ । पटक–पटक मिति सर्दै आएको साधारण सभाको मिति जेठ ५ गते शनिबार तोकिएको छ ।
नेपाली कांग्रेसले सकेसम्म सहमतिमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने सन्देश प्रवाह गरेपनि विगतदेखि नै गुट बनाएर प्रतिस्पर्धा गर्दै आएका लोकतान्त्रिक व्यवसायी यसपटक पनि निर्वाचनबाट नयाँ नेतृत्व छान्नु पर्ने भन्दै अध्यक्ष तथा पदाधिकारीका लागि आन्तरिक छलफलमा लागिरहेका छन् ।
अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष रमेश राई, तृतीय उपाध्यक्ष दीपक थापा, भुवनसिंह गुरूङ, तारानाथ अर्याल, भवानी निरौलाले समूहमा आफ्नो दाबी पेश गरिरहेको बताइएको छ । यसअघि महासचिव कमल काफ्लेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भएपनि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवार नबन्ने सार्वजनिक गरेका छन् ।
प्रथम उपाध्यक्षमा विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रूची देखाएका छन् भने महासचिवमा सचिव लक्ष्मण पौडेल र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरूपमा व्यक्त गरेका छन् । उम्मेदवार र प्यानलको खाकाले बिहीबारसम्म ठोस आकार लिने बताइएको छ ।
चुनावी प्रतिस्पर्धामा भने दुई प्यानल खडा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दाबी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
व्यवसायीहरूले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले वरिष्ठ र नेतृत्व क्षमता तथा आर्थिक दृष्टिकोणले अब्बल रहेको प्रचार गर्दै उम्मेदवारीमा दावेदारी गर्ने गरेका छन् । कतिपय व्यवसायीहरु आफूले नजिते पनि हराउने र कतिपयले व्यापारमा गरेकोे घातको बदला लिने भन्दैमा पक्षधरता देखाउने गरेकोे समाचार स्रोत बताउँछ ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
एशोसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies