काठमाडौं : वैदेशिक राेजगार विभागको सर्भरमा आएको समस्या मंगलबार अपराह्न २ बजेसम्म समाधान भएको छैन । सर्भरमा समस्या आएपछि पूर्व तथा अन्तिम श्रम स्वीकृतिका काम प्रभावित भएको छ । त्यसबाट साेमबारदेखि नै वैदेशिक राेजगारमा जानुपर्ने कामदार प्रभावित भएका छन् ।
विभागका निर्देशक तथा सूचना अधिकारी गुरूदत्त बरालले मंगलबार कार्यालय समयभित्र समस्या समाधानका हुने गरी काम भइरहेकाे बताए । निर्देशक बरालले श्रम स्वीकृति भएको, तर स्टिकर नभएकाहरूलाई वैदेशिक राेजगारीका लागि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर टिकट खेर जाने अवस्थाकाे अन्त्य गरिएको मध्यान्ह दैनिकलाई जानकारी दिए ।
विभागले श्रम स्वीकृति नभएसम्म विदेश जाने टिकट नलिन आग्रह गरेको छ । तर अन्तर्राष्ट्रिय उडानमा श्रम स्वीकृति लिएकै दिन टिकट काटेर उड्नु अत्यन्तै महँगो हुने अनुभवीहरूकाे भनाइ छ ।
सर्भरको समस्या नहटेपछि हवाई टिकट बनाएका व्यवसायी समस्याको समाधान खाेज्दै विभाग आइरहेकाे नेपाल वैदेशिक राेजगार व्यवसायी संघका समन्वय समिति सदस्य देउमान लिम्बूले जानकारी दिए । बुधबारको उडान भएका कतिपय व्यवसायी पनि समस्या लिएर विभाग पुगेका छन् । तर व्यवसायी लिम्बूले मंगलबार रातिसम्म टिकट भएकाहरूको मात्रै आज समस्या समाधान भइरहेकाे जानकारी दिए ।
विभागकाे सर्भर २०७२ सालमा स्थापना भएको हाे । हाल उक्त सर्भरमा बैंक, मेडिकल, अभिमुखीकरण, बीमा कम्पनी, कन्सुलर कार्यालय, विदेशस्थित नेपाली दूतावास गरी करिब दुई दर्जन संस्था जाेडिएका छन् ।
यसअघि श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्यालले ८८ घण्टा लाग्ने श्रम स्वीकृति एक घण्टामा झारेको भन्दै त्यसलाई ठूलो उपलब्धि बताएका थिए । उनले सञ्चारमाध्यममा बाेल्ने क्रममा जहाँपनि 'सुधार गरे हुने रहेछ, मैले एकै घण्टामा श्रम स्वीकृतिकाे प्रबन्ध गराएँ' भन्ने अभिव्यक्ति दिने गरेका छन् ।
काठमाडौं : वैदेशिक रोजगार विभागको सर्भरमा समस्या आएको छ । सर्भरमा समस्या आएपछि पूर्व तथा अन्तिम श्रम स्वीकृतिका काम प्रभावित भएको छ । त्यसबाट सोमबार वैदेशिक रोजगारमा जानुपर्ने कामदार प्रभावित भएका छन् ।
सोमबार साँझ ९ बजेसम्म पनि सर्भरको समस्या नहटेको जानकारी दिँदै विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त बरालले श्रम स्वीकृति भएको, तर स्टिकर नभएकाहरुलाई वैदेशिक रोजगारीका लागि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर टिकट खेर जाने अवस्थाको अन्त्य गरिएको मध्यान्ह दैनिकलाई जानकारी दिए ।
विभागले श्रम स्वीकृति नभएसम्म विदेश जाने टिकट नलिन आग्रह गरेको छ । तर अन्तर्राष्ट्रिय उडानमा श्रम स्वीकृति लिएकै दिन टिकट काटेर उड्नु अत्यन्तै महँगो हुने अनुभवीहरुको भनाइ छ ।
विभागको सर्भर २०७२ सालमा स्थापना भएको हो । हाल उक्त सर्भरमा बैंक, मेडिकल, अभिमुखीकरण, बीमा कम्पनी, कन्सुलर कार्यालय, विदेशस्थित नेपाली दूतावास गरी करिब दुई दर्जन संस्था जोडिएका छन् ।
सेवाग्राहीको उच्च चाप भएपछि सर्भरमा समस्या आएको भन्दै विभागले सर्भर सुचारु गर्न इन्जिनियरहरु प्रयासरत रहेको बताएको छ । निर्देशक बरालले इन्जिनियरहरुबाट निरन्तर काम भइरहेकाले समस्याको समाधान छिटो हुने अपेक्षा गरिएको बताए ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले ८८ घण्टा लाग्ने श्रम स्वीकृति एक घण्टामा झारेको भन्दै त्यसलाई ठूलो उपलब्धि बताएका थिए । उनले सञ्चारमाध्यममा बोल्ने क्रममा जहाँ पनि ‘सुधार गरे हुने रहेछ, मैले एकै घण्टामा श्रम स्वीकृतिको प्रबन्ध गराएँ’ भन्ने अभिव्यक्ति दिने गरेका छन् । यो अभिव्यक्तिलाई विभागकै सर्भरले लोप्पा खुवाएको छ ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदार पुगेका विश्वका सबै मुलुकका लागि श्रम स्वीकृति दिन माग गरेको छ । संघले सोमबार वैदेशिक रोजगार विभागमा लिखित निवेदन दर्ता गराइ उक्त माग गरेको हो ।
गत वर्ष सन् २०२३ मा नेपालीहरु विश्वका २ सयभन्दा बढी मुलुकमा पुगेका थिए । तर नेपालले विश्वका १ सय ११ मुलुकमा रोजगारीका लागि जान अनुमति (श्रम स्वीकृति) दिने गरेको छ । संघका महासचिव मेघनाथ भुर्तेलले रोजगारीका लागि जान अनुमति (श्रम स्वीकृति) नदिइएका मुलुकमा नेपाली कामदार व्यक्तिगत प्रयास वा अनधिकृत व्यक्तिहरुमार्फत जाने र ठगीमा पर्ने गरेकाले ठगी रोकेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित बनाउन पनि श्रम स्वीकृति दिन आवश्यक रहेको बताए ।
हाल विश्वका २ सय बढी मुलुकमा नेपालीहरु पुगेको भएपनि १८६ मुलुकमा उल्लेख्य मात्रामा नेपाली पुगेको तथ्यांक रहेकाले ती मुलुकको श्रम स्वीकृति खुलाउन माग गरिएको उनले बताए ।
नेपालमा हाल एक हजारको हाराहारीमा म्यानपावर कम्पनी छन् । तर उनीहरु निरन्तर रुपमा खाडीका ६ मुलुक र मलेसियामा कामदार पठाउन केन्द्रित छन् । नयाँ गन्तव्य नहुँदा नेपालीको वैदेशिक रोजगारमा विविधता आउन सकेको छैन । आकर्षक कमाइ हुने इजरायल, बेलायत र दक्षिण कोरियामा जीटुजी अर्थात सरकारले पठाउने गरेका कारण कोरियाबाहेकका मुलुकमा नगन्य मात्रामा नेपाली गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।
नेपालको वैदेशिक रोजगार व्यवसायमा हाल अंग्रेजी भाषामा दख्खल राख्ने नयाँ पुस्ताका व्यवसायी र शिक्षित जनशक्ति पनि उल्लेख्य मात्रामा देखिन थालेकाले नयाँ–नयाँ गन्तव्य खोजी गरिनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरुको माग रहेको छ ।
काठमाडौं : वैदेशिक राेजगार विभागको सर्भरमा समस्या आएको छ । सर्भरमा समस्या आएपछि पूर्व तथा अन्तिम श्रम स्वीकृतिका काम प्रभावित भएको छ ।
त्यसबाट साेमबार वैदेशिक राेजगारमा जानुपर्ने करिब सय जना कामदर प्रभावित भएका छन् । साँझसम्म सर्भरकाे समस्या नहटे ८० जनाकाे टिकट खेर जाने अवस्था रहेको स्रोतले जानकारी दियाे । सेवाग्राहीकाे उच्च चाप भएपछि सर्भरमा समस्या आएको भन्दै विभागले सर्भर सुचारू गर्न इन्जिनियरहरू प्रयासरत रहेको बताएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सेवा शुल्कको समस्या समाधान गरी युरोपेली मुलुकको मागपत्र प्रमाणीकरणको विषयमा नयाँ व्यवस्था गर्ने बताएका छन् । जनता टेलिभिजनको जनता फरेन इम्प्लोइमेन्ट समिटमा वैदेशिक रोजगार व्यवसायीहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अर्यालले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्री अर्यालले यसअघिका मन्त्रीको कार्यकालमा सार्वजनिक भएको वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्यविधि खारेज गरेपछि युरोपेली मुलुकको आकर्षक तलबसहितको मागमा असुरक्षित मानिएको व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा मानव तस्करी र ठगी बढेको टिप्पणी गरेका थिए । अध्यक्ष भण्डारीले असुरक्षित मानिएको व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा मानव तस्करी र ठगी बढेको, तर अपजस भने वैधानिकरूपमा कामदार पठाउने निजी क्षेत्रका म्यानपावर कम्पनीले व्यहोर्नु परेको भन्दै अव्यवहारिक निर्णय नगर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री अर्यालले खाडी र मलेसिया जाने कामदारको सेवा शुल्कको विषयमा व्यवस्था भएपनि युरोपेली मुलुक जाने कामदार पठाउँदा म्यानपावर कम्पनीको सेवा शुल्कका विषयमा अस्पष्टता रहेकोले मन्त्रालयले त्यस विषयमा नयाँ निर्णयको गृहकार्यमा रहेको बताए । मन्त्री अर्यालले सरकार वैदेशिक रोजगारमा कामदार पठाउने मान्यतामा नरहेको, फ्रि भिसा फ्रि टिकट निर्णय प्रभावकारी प्रमाणित नभएको विषयमा कन्भिन्स रहेकाले त्यसैमा टेकेर स्थायित्व प्रदान गर्न सक्ने नीति लिन मन्त्रालयले काम गरिरहेको दाबी गरे ।
मन्त्री अर्यालले यसअघि विभिन्न भिसामा विदेश गएर असुरक्षितरूपमा रोजगारीमा रहेकालाई यही मे महिनाको ३१ तारिकसम्म मात्रै आवेदन दिए श्रम स्वीकृति दिने मान्यतामा रहेर कार्यविधि जारी गरेकाले भिजिट भिसामा जान दुरूत्साहन पुग्ने गरी निर्णय नगरेको बताए ।
कार्यक्रममा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष बाबुराम खड्काले वैदेशिक रोजगार ऐनमा रहेका विरोधाभासपूर्ण र अस्पष्टताले वैदेशिक रोजगारमा पठाउने वैदेशिक रोजगार व्यवसायी र कामदार दुवै असुरक्षित रहेकाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार ऐनमा तत्कालै संशोधन हुनुपर्नेमा जोड दिए । उनले ऐनको दफा १३–१९, दफा ११ (ख) र १३ को २ (ख) यथावत रहेसम्म मन्त्रालयले जुनसुकै निर्णय गरेपनि वैदेशिक रोजगार व्यवसायी र कामदार सुरक्षित हुन नसक्ने दाबी गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मन्त्रालय कार्यविधिहरूको घेरामा रहेको भन्दै एकीकृत कार्यविधि निर्माण गरेर वैदेशिक रोजगार प्रशासनलाई चुस्त पार्ने र आन्तरिक रोजगारी सिर्जना गर्ने काममा लागेको बताए । कतारका लागि पूर्वनेपाली राजदूत प्रा.डा. रमेश कोइरालाले योग्य जनशक्तिका आधारमा कुटनैतिक नियोग सञ्चालन गरी श्रम सम्झौता र त्यो हुन नसकेको अवस्थामा द्विपक्षीय समझदारी गरेमात्रै नेपाली कामदार सुरक्षित हुनसक्ने सुझाव दिए ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, समाजवादी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष अख्तर हुसेन, संगठनका महासचिव मधुकर रिजाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनकी नवनिर्वाचित कोषाध्यक्ष हेमा गुरूङ, वैदेशिक रोजगार व्यवसायीहरू इमपावर हन्टर एचआर प्रा.लि.का सञ्चालक केदारनाथ अधिकारी, स्तुपा ओभरसिज प्रा.लि.का सञ्चालक श्रीराम चालिसे, मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेकोे सुझाव दिए ।
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । शनिबार भएको साधारण सभापछिको निर्वाचनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आइतबार बिहान सम्पन्न मतगणनामा थापा १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी चिरञ्जिवी बस्यालले ८२ मत ल्याए भने तारानाथ अर्यालले ६९ मत ल्याए । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो ।
प्रथम उपाध्यक्षमा विनोदजंग केसी निर्वाचित भएका छन् । केसी १३६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भवानी प्रसाद निरौलाले ९२ मत ल्याए भने जंगबहादुर इजमले ७५ मत प्राप्त गरे ।
यस्तै द्वितीय उपाध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । गैरे १५९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले १३५ मत प्राप्त गरे । त्यस्तै तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने १८८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश कार्कीले १०६ मत प्राप्त गरेका छन् ।
महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेत १६५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कुवेर सिंह कोइराला (पंकज)ले ७४ मत ल्याए भने मोहन कुमार ढुंगेलले ६६ मत प्राप्त गरे ।
सचिवमा तुलसी राम पुरी निर्वाचित भएका छन् । पुरी १७२ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी विश्वास तिमिल्सिनाले ११६ मत प्राप्त गरे । सहसचिवमा राज काजी भोलान (राज लामा) निर्वाचित भएका छन् । भोलान १६३ मत ल्याएर निर्वाचित भएका हुन् भने उनकी प्रतिस्पर्धी निलम केसीले १३० मत प्राप्त गरिन् ।
कोषध्यक्षमा हिमा गुरुङ निर्वाचित भएकी छिन् । गुरुङ १८३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी गोमा गिरी क्षेत्री (अञ्जु)ले १०४ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा लिल बहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ १६१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी यमबहादुर क्षेत्री केसीले १२९ मत प्राप्त गरे ।
यस्तै सदस्यहरुमा देवीप्रसाद गिरी (२२६), शालिकराम अधिकारी (२०७), दिपक कुमार राय (२१०), सौरभ आचार्य (१९२), विद्यालक्ष्मी बज्राचार्य (२४०), अभिनयमान सिंह बस्नेत (१९५), राजेश्वर यादव (१९९), सविता कुमारी सिंह (२५३), रोशना निरौला (१९५) र महेश कुमार श्रेष्ठ (२११) निर्वाचित भए ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२औं वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ । साधारण सभाको नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
साधारण सभापछि शनिबार नै साँझ ७ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान भएको थियो । एशोसिएसनमा ३ सय ६८ मतदाता रहेका थिए । तर मतदानमा ३ सय १८ व्यवसायीले मात्र भाग लिए भने ४० जना अनुपस्थित भए । शनिबार मध्यरातसम्म मतगणना जारी रहेको थियो । मतगणनाको परिणाम आइतबार बिहान आउने निर्वाचन समिति संयोजक एशोसिएसनका पूर्वअध्यक्ष यमबहादुर केसीले जानकारी दिए ।
एशोसिएसनको नेतृत्वका लागि तीन जना जना चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्ष पदमा दीपक थापा, तारानाथ अर्याल चिरञ्जिवी बस्याल र चुनावी मैदानमा छन् । यस्तै प्रथम उपाध्यक्षका लागि पनि तीन जनाको उम्मेदवारी परेको थियो । विनोदजंग केसी, भवानी प्रसाद निरौला र जंग बहादुर इजमले उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । त्यस्तै द्वितीय उपाध्यक्ष र तृतीय उपाध्यक्षका लागि दुई–दुई जनाको उम्मेदवारी परेको थियो । द्वितीय उपाध्यक्षका लागि हर्कबहादुर लिम्बू र रामप्रसाद गैरेले उम्मेदवारी दिएका थिए भने तृतीय उपाध्यक्षका लागि सेमन्तराज न्यौपाने र शैलेश कार्कीले उम्मेदवारी दिएका थिए ।
त्यस्तै महासचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । महासचिवका लागि महेश कुमार बस्नेत, मोहन कुमार ढुंगेल र कुवेर सिंह कोइराला (पंकज) चुनावी मैदानमा छन् । यस्तै सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । सचिवका लागि विश्वास तिमिल्सिना र तुलसी राम पुरी चुनावी मैदानमा छन् । यस्तै सहसचिव पदमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । सहसचिवका लागि राज काजी भोलान (राज लामा) र निलम केसी चुनावी मैदानमा छन् ।
यस्तै कोषाध्यक्ष पद र सहकोषाध्यक्ष पदका लागि दुई–दुई जनाको उम्मेदवारी परेको थियो । कोषाध्यक्ष पदमा हिमा गुरुङ र गोमा गिरी क्षेत्री (अञ्जु)को उम्मेदवारी परेको थियो भने सहकोषाध्यक्ष पदका लागि लिल बहादुर तामाङ र यमबहादुर क्षेत्री केसी चुनावी मैदानमा छन् ।
त्यस्तै सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो । सदस्यमा देवी प्रसाद गिरी, शालिकराम अधिकारी, दिपक कुमार राय, सौरभ आचार्य, खगेन्द्रकुमार सिंह, विद्यालक्ष्मी बज्राचार्य, अभिनयमान सिंह बस्नेत, उमेश घिसिङ, राजेश्वर यादव, टंक प्रसाद पंगेनी, ओम प्रकाश शिवाकोटी, सविता कुमारी सिंह, रोशना निरौला, जब्बार अलि, जंग लाल महतो र महेश कुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।
एशोसिएसनमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी १९ जनाको निर्वाचन हुनेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गैरकानूनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले हालको कानून, व्यवस्थाअनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दे आएकाले अन्यका लागि छुट्टै प्रबन्ध गर्नुपरेको बताए ।
हाल विदेशमा गएका श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोषमार्फत जोखिममा परेका कामदारको उद्धार गरिँदै आएको छ । तर गैरकानूनीरुपमा गएका श्रमिकलाई उद्धार गर्ने कोष सरकारसँग नभए पनि मन्त्रिपरिषद्को निर्णयले रकम निकाशा गरी उद्धार गर्ने गरिएको छ । मन्त्री अर्यालले गैरकानूनीरुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै भएकाले उनीहरुको उद्धार गर्नु सरकारको दायित्व भएको हुँदा छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरिएको बताए ।
त्यस्तै मन्त्री अर्यालले वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै वैदेशिक रोजगार विभाग र सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरे । उनले भने, ‘त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनु होस् । ठगी गर्ने व्यक्ति वा संस्थालाई निर्मम भएर कारबाही गरिनेछ ।’
छलफलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले अगामी दिनमा श्रमिकलाई अनिवार्यरुपमा सीप तालिमको व्यवस्था गरिने, रोजगार बैंक स्थापना गरिने, भारतमा जाने श्रमिकको तथ्यांक संकलन गरिने जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा दीपक थापा, चिरञ्जिवी बस्याल र तारानाथ अर्यालले उम्मेदवारी दिएका हुन् । एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि ७ बजेदेखि मतदान हुँदैछ ।
यस्तै प्रथम उपाध्यक्षका लागि पनि तीन जनाको उम्मेदवारी परेको छ । विनोदजंग केसी, भवानी प्रसाद निरौला र जंग बहादुर इजमले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । त्यस्तै द्वितीय उपाध्यक्ष र तृतीय उपाध्यक्षका लागि दुई-दुई जनाको उम्मेदवारी परेको छ । द्वितीय उपाध्यक्षका लागि हर्कबहादुर लिम्बू र रामप्रसाद गैरेले उम्मेदवारी दिएका छन् भने तृतीय उपाध्यक्षका लागि सेमन्तराज न्यौपाने र शैलेश कार्कीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महासचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि महेश कुमार बस्नेत, मोहन कुमार ढुंगेल र कुवेर सिंह कोइराला (पंकज)ले उम्मेदवारी दिएका छन् । यस्तै सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिवका लागि विश्वास तिमिल्सिना र तुलसी राम पुरीले उम्मेदवारी दिएका छन् । यस्तै सहसचिव पदमा पनि दुई जनाको उम्मेदवारी परेको छ । सहसचिवका लागि राज काजी भोलान (राज लामा) र निलम केसीले उम्मेदवारी दिएका छन् ।
यस्तै कोषाध्यक्ष पद र सहकोषाध्यक्ष पदका लागि दुई-दुई जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा हिमा गुरुङ र गोमा गिरी क्षेत्री (अञ्जु)को उम्मेदवारी परेको छ भने सहकोषाध्यक्ष पदका लागि लिल बहादुर तामाङ र यमबहादुर क्षेत्री केसीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । सदस्यमा देवी प्रसाद गिरी, शालिकराम अधिकारी, दिपक कुमार राय, सौरभ आचार्य, खगेन्द्रकुमार सिंह, विद्यालक्ष्मी बज्राचार्य, अभिनयमान सिंह बस्नेत, उमेश घिसिङ, राजेश्वर यादव, टंक प्रसाद पंगेनी, ओम प्रकाश शिवाकोटी, सविता कुमारी सिंह, रोशना निरौला, जब्बार अलि, जंग लाल महतो र महेश कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
एशोसिएसनमा अध्यक्षसहित प्रथम उपाध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी १९ जनाको निर्वाचन हुनेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२औं वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उनले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारीस्तरबाट ठोस प्रयास हुनुपर्ने बताए ।
“वैदेशिक रोजगारीमा गएका श्रमिकले पाइरहेका दुःखका बारेमा म जानकार छु, श्रमिकमाथि भइरहेको शोषण रोक्न सरकारलाई आग्रह गर्दछु”, सभापति देउवाले भने । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
कांग्रेस नेता डा शेखर कोइरालाले सरकार परिवर्तन हुनेबित्तिकै नीतिनियम परिवर्तन भइरहने समस्याका कारण व्यवसायी मारमा परेका बताए । उनले ‘भिजिट भिसा’मा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न सरकार लाग्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्व नभएसम्म सुशासन कायम हुन नसक्ने भएकाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताए । जनताले सडकमा उठाएका सहकारीका समस्यालाई कांग्रेसले सदनमा पुर्याएको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइलीले कानूनअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई सरकारी निकायका केही पदाधिकारीले दुःख दिएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य सीता देवकोटाले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्नेगरी नीति बनाउनुपर्ने बताइन् । सोही दलका केन्द्रीय सदस्य अब्दुल सतारले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक भएको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाललगायत वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायीले श्रमिकको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्दै आएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies