बनियानी - झापाको कचनकवल गाउँपालिकाले यहाँका पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालु आर्थिक वर्षमा पाँच सय परिवारको निःशुल्क बीमा गरिएको जानकारी दिए ।
‘अघिल्लो वर्ष एक हजार परिवारको बीमा गरेका थियौं, उनले भने, ‘यहाँ आर्थिक रूपले विपन्न परिवारको बसोबास धेरै छ, उनिहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ ।’ गत वर्ष गरिएका एक हजार परिवारले नवीकरण गर्दा बीमा शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने उनले बताए । कचनकवलले अतिविपन्नसँगै पालिकाभित्रका गर्भवती महिलाको समेत निःशुल्क स्वास्थ्य बीमा गर्ने गरेको छ । कचनकवल गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्तामार्फत रु पाँच करोड ९५ लाखभन्दा बढी खर्च हुने गरेको अध्यक्ष राजवंशीले बताए । गाउँपालिकामा चार हजार तीन सय चारजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । चालु आवको चौथो त्रैमासिकसम्ममा सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या चार हजार तीन सय चार पुगेको गाउँपालिकाले जनाएको छ ।
सरकारले प्रदान गर्ने आठवटा ‘क्लस्टरका एक हजार सात सय ४१ पुरुष र दुई हजार पाँच सय ७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
छबि सापकोटा-मध्यान्ह
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नेताहरुका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागि जे जस्तो पहल गर्ने प्रतिवद्धता जनाएका थिए त्यस अनुसार नीति तथा कार्यक्रमले लय समात्न सकेन् । तथापि, संयुक्त आवास कार्यक्रम, आइटी क्षेत्रमा पाँच हजारलाई रोजगारी, मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोर बनाउने जस्ता कार्यक्रममार्फत सरकारले नयाँपन दिने प्रयास गरेको देखिन्छ ।
नीति तथा कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको छ भने कृषि, पर्यटन र जलविद्युत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धनमा जोड दिइएको छ ।
सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टचार नियन्त्रण सरकारले मुख्य प्राथमिकता देखिन्छ ।
वित्त एवम् मौद्रिक नीतिबीचको समन्वयले अर्थतन्त्रमा सुधारको साथै आर्थिक वृद्धिदर मुद्रास्फीति दर घटेको र सरकारले कानुनहरु परिमार्जन गरेर लगानीको वातावरणमा सुरु गरेको बताइएको छ ।
यस्तै, व्यावसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोबल बढाउने र साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्ने एवम् बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गर्ने नीति छ ।
निजी क्षेत्र प्रतिस्पर्धी भएका र गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योग लगायतका बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान सम्भाव्यताको आधारमा सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गर्ने नीति तथा कार्य क्रममा उल्लेख छ ।
यस्तै आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचान गर्ने र गरिब लक्षित कार्यक्रमहरु एकीकृतरुपमा सञ्चालन गरी स्थानीय तहमार्फत् निःशुल्क बिमा देखि विद्युतीय चुलो, ट्युवेल लगायतका सामग्री दिने जस्ता कार्यक्रमले वितरणमुखी बजेट आउने संकेत गरेको छ ।
काठमाडौं : मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधन भएको छ । संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ ०१ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए ।
मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा मंगलबार शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गरिएको थियो । साथै, उनले बैंक स्थापना तथा बृद्धिका लागि गरेका योगदानको चर्चा गरिएको थियो ।
काठमाडौं : नेपाल एसबिआई बैंकका ग्राहकले काठमाडौं कमलादीमा रहेको स्काईवाकमा छुट पाउने भएका छन् । बैंक र वन्डर्स नेपालबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडार वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोदकुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपालका अधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
काठमाडौ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान जेठ १ गते देखी २५ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनैपनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोनपर्ने हुनाले मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ । हरेक नेपालीलाई बीमाको दायरा भित्रल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवनबीमा अनिवार्य रहेको छ ।
काठमाडौ : काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । काठमाडौं मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता गरेको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो ।
डा डोमजाल्स्कीसँगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाईड्रोजनमा लगानीका लागि आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाईड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कुटनीतिक सम्वन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको जानकारी गराउँछु । ’
नेपालमा अन्तर्राष्ट्रिय लगानी लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए । उनले नेपालको जलविद्युत, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानी लगानीका लागि डा. सवेस्टियन समक्ष आग्रह गरे । चेम्बर पदाधिकारीसँगको भेटका क्रममा आवासीय कार्यवाहक राजदूत डा. सेवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताए । दुई देशबीचको कुटनीतिक सम्वन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाईदा खोज्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम भएको निजी क्षेत्रका उद्यमी तथा व्यवसायीले बताएका छन् । व्यावसायिक वातावरणको निर्माण गर्ने, उद्योगीको मनोबल बढाउने, निजी क्षेत्रलाई आकर्षित गर्न थप कानुनी प्रवन्ध गर्ने, खरिद कानूनमा पुनरावलोकन गर्ने लगायतका निजी क्षेत्रमैत्री विषयहरु कार्यक्रममा समावेश गरिएकाले निजी क्षेत्रले नीति तथा कार्यक्रमलाई स्वागत गरेका छन् । तर, उनीहरुले नीति तथा कार्यक्रमले लिएको लक्ष्य कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम राम्रो रहेको र निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको रहेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मंगलबार सघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निजी क्षेत्रमा उत्साह दिने कार्यक्रम रहेको बताएका हुन् । उनले अब नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।
‘आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नीति तथा कार्यक्रम सार्वजनिक भएको छ, नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन हुनुपर्छ, ‘सरकारले सोह्रौं योजनामा आधारित भएर पनि यो नीति तथा कार्यक्रम ल्याएकाले यसले धेरै क्षेत्रहरुलाई समेटेको छ’, उनले भने ।
ढकालले विगतका नीति तथा कार्यक्रमसमेत राम्रा हुने गरेको र कार्यान्वयन प्रभावकारी नहुदाँ निराश हुनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै होटल एशोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई अगाडि बढाउने कार्यक्रम सकारात्मक भएको बताए । अहिले सुन्दा कार्यक्रम राम्रै छ कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रको आँखाले हेर्दा आकर्षक देखिएको तर, त्यसले लिएको आकांक्षा पूरा गर्न चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । मध्यान्हलाई प्रतिक्रिया दिँदै अग्रवालले भने, ‘नीति तथा कार्यक्रम सुन्दा आकर्षक छ, तर, यसको स्रोत व्यवस्था गरेर कार्यान्वयन गर्ने विषय निकै चुनौतीपूर्ण छ ।’
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मंगलबार नै मन्त्रिपरिषदको बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।
नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ :
काठमाडौं : सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायतका पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चारलन गरिने उल्लेख गरे । सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने जनाएको छ ।
त्यसैगरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाका रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति पौडेलले संघीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने बताए । उनले एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies