बिन्द्र राई/मध्यान्ह
उदयपुर : नगरभित्र आधुनिक सडक निर्माण र स्तरोन्नतिका लागि एक कार्यक्रम गरी सडकको शिलान्यास गरिएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा गाईघाटमा मेयर बसन्त कुमार बस्नेत उपमेयर महेश्वरी राई, वडाअध्यक्ष, राजनीतिक दल, नागरिक समाज लगायतका सहभागीतामा निर्माण हुने सडकको एक साथ शिलान्यास गरिएको हो ।
त्रियुगा नगरपालिकाको मेयर बसन्त कुमार बस्नेतले नगरभित्र र बजार क्षेत्रका सडकहरु आधुनिक र स्तरोन्नति गर्ने लक्ष्यका साथ नेपाल शहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत सडक निर्माणका आयोजनाहरु अगाडी बढाएको बताए ।
विश्व बैंकको १ अरब भन्दा बढी आर्थिक सहयोगमा निर्माण हुन लागि रहेको सो सडक नेपाल शहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत नगरको १०,११,१२ र १३ नम्बर वडाका ९.९२७ किलोमिटर सडक बन्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies