पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पाको पहाड स्वास्थ्य चौकी क्रमिक सुधार हुँदै गइरहेको छ । त्रिपुरासुन्दरी नगरपालिका ७ भुतिङ्ग्रस्थित पहाड स्वास्थ्य चौकी पहिलाको तुलनामा क्रमिक रूपमा सुधार हुँदै गइरहेको हो । सुधारसँगै अहिले यो स्वास्थ्य चौकीदेखि स्थानीयले राम्रो सेवा सुविधा पाइरहेका छन् ।
साविकको पहाड गाविसभित्रका वडाहरुका नागरिकहरु यो क्षेत्रमा राम्रो स्वास्थ्य चौकी नहुँदा २ घण्टा पैदल हिँडेर त्रिपुराकोट स्वास्थ्यचौकी लगायत प्राइभेट मेडिकल हलसम्म पुगेर सेवा लिन बाध्य थिए । यसरी गाउँ घरमै राम्रो स्वास्थ्य चौकी नहुँदा यहाँका बासिन्दाहरुले उपचारको लागि निकै दुःख कष्ठ भोग्ने गरेका थिए ।
देश संघीय संरचनामा गएसँगै अहिले यो स्वास्थ्यचौकीको मुहार फेरिएको छ । यो स्वास्थ्य चौकीले यहाँका बासिन्दाहरूको समस्यालाई मध्यनजर गर्दै उत्कृष्ट सेवा दिइरहेको स्वास्थ्य चौकीका इन्चार्ज जगवर बुढाले बताए । अहिले अस्पतालमा आवश्यक सामग्रीहरु नगरपालिकाले उपलब्ध गराउँदा सेवा प्रवाहमा समेत सहज भएको इन्चार्ज बुढाको भनाइ छ । अहिले स्वास्थ्यचौकीदेखि प्रवाह हुने सम्पूर्ण सेवा सुविधा निरन्तर प्रदान गरिएको छ । स्वास्थ्यचौकीमा अहिले ६ जना स्वास्थ्यकर्मीले सेवा दिँदै आइरहेका छन् । यसरी गाउँ घरमै उत्कृष्ठ सेवा पाएकोमा खुसी भएको स्थानीय विष्णु प्रसाद केसीले बताए । उनले भने ‘पहिले यहाँ राम्रो स्वास्थ्य सेवा नपाउँदा उपचारको लागि निकै दुःख कष्ठ गर्नुपथ्र्यो, कहिले त्रिपुराकोट जानुपथ्र्यो । कहिले सदरमुकाम दुनै नै, अहिले आफ्नै गाउँ घरमा राम्रो स्वास्थ्य सेवा पाउँदा म लगायत यहाँका स्थानीयहरु खुसी छौं ।’
अहिले यो स्वास्थ्य चौकीमा उत्कृष्ट सेवा प्रवाहमा सहयोग गर्ने त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकाया, स्वास्थ्य शाखा परिवार लगायत सम्पूर्ण नगरपरिवारलाई इन्चार्ज बुढाले धन्यवाद समेत व्यक्त गरेका छन् । यो स्वास्थ्यचौकीमा अहिले त्रिपुरासुन्दरीका बङ्तडी, हुम, मुहु लगायत टाढा–टाढाका गाउँ बस्तीका नागरिकले समेत सेवा लिइरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies