काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट पारे । “संसदमा पटक–पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौँ”, उनले भने, “जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ । गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा उठेपछि वास्तविकता थाहा हुनुपर्छ ।”
उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद बैठक अघि बढ्न नसक्ने बताए । “सरकारले छिट्टै सहमतिका आधारमा छानबिन समिति बनाउँछ भन्नेमा हामीलाई विश्वास छ,” उनले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies