काठमाडौं : प्रहरीले काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ शुक्रबार बिहान मालीगाउँबाट परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मिलन दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनको मुद्दा सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा चलिरहेको छ । दुवै जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies