प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट : रौतहट माधवनारायण नगरपालिका वडा नम्बर ६ विनटोलमा बिहीबार दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । सशस्त्र प्रहरी बल गौरका प्रहरी उपरीक्षक विक्रम हुमागाईंका अनुसार दिउँसो अचानक आगलागी हुँदा फुस तथा खप्डाले छाएको कच्ची घर र गोठमा आगलागी भएको हो ।
आगलागीबाट अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा अन्नपात लत्ताकपडा, गरगहना, नगद समेत जलेको छ । माधवनायण ६ का मोहिचन्द मुखिया, शिवजी विन, रमानन्द मुखिया, राजनारायण मुखिया, हृदय नारायण यादवको घरगोठ र एउटा चौपायासहित खाद्यान्न जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणका लागि सुरक्षा वेश भलोहियाबाट स.प्र.ना.नि. भै बहादुर राईको कमाण्डमा ७ जना, प्रहरी चौकी मधोपुरबाट प्र.स.नि. शेख हुल सुल्ताहको ७ जना, गौर न.पा.को दमकल र स्थानीयहरु खटिएका थिए । घटना लगतै नगर प्रमुख बैदनाथ प्रसाद यादव घटनास्थल पुगेर आगलागी पीडितसँग भेटेर सहयोगको प्रतिबद्धता जनाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies