काठमाडौं : मधेश प्रदेश सरकारकी नवनियुक्त श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले बिहीबार पदभार ग्रहण गरेकी छिन् ।
जनकपुरस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री लुंगेलीले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री लंगेलीले मातहतका कार्यालयहरुमा टोकन प्रणाली लागू गर्ने, कार्यालयहरुमा सेवाग्राहीलाई बस्ने प्रतिक्षालय निर्माण गर्ने र शुद्ध खानेपानीको व्यवस्था मिलाउने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सेवा सुचारु नभएका कार्यालयबाट अविलम्व सेवा शुचारु गर्ने व्यवस्था मिलाउने निर्णय गरेकी छिन् ।
यस्तै लंगेलीले सवारी चालक अनुमति पत्र वितरण र यातायात क्षेत्रका सेवाप्रति सेवाग्राहीहरुबाट बढिरहेको गुनासो कम गर्दै नागरिकमैत्री सेवा प्रदान गर्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन समेत दिइन् ।
मन्त्री लुंगेलीलाई मन्त्रालयका सचिव सुरेन्द्र प्रसाद पौडेल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए । सो अवसरमा सचिव पौडेलले मन्त्रालयले गर्नुपर्ने महत्वपूर्ण कार्यहरु, जनशक्तिको अवस्था, मातहतका निकायहरुको बारेमा जानकारी गराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies