काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।
सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies