काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा २ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन् । यस्तै नेपालका कप्तान रोहित पौडेलले २४ बलमा ४२ रन बनाए । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३२ रनको योगदान दिए । सोमपाल कामीले ११ बलमा ३ छक्का र १ चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै गुल्शन झाले ६ बलमा १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समान ६ रन बनाए । सन्दीप जोराले ५ रन बनाउँदा करण केसी २ रनमा नटआउट रहे । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रनमा आउट भए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ३.५ ओभरमा २९ रन दिएर ४ विकेट लिए । यस्तै जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । नामिबियाका लागि निकोल लोफ्टी इटनले विश्व कीर्तिमानी शतक प्रहार गरे । लोफ्टी इटनले १०१ रन बनाए । उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडे । कुशल मल्लले चीनको हाङझाउमा सेप्टेम्बर २०२३ मा भएको १९ औं एशियाली खेलकुदमा मंगोलीयाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।
नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । अर्का ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अभिनाष बोहराले १-१ विकेट लिए ।
नेपालले अब सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं : नामिबियाका ब्याट्सम्यान जान निकोल लोफ्टी इटनले टी–२० अन्तराष्ट्रिय विश्व किर्तिमान बनाएका छन् । उनले टी–२० अन्तराष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गरेका छन् । उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक बनाएका हुन् ।
उनले नेपाली खेलाडी कुशल मल्लको किर्तिमानलाई तोडेका हुन् । कुशल मल्लले चीनको हाङझाउमा सेप्टेम्बर २०२३ मा भएको १९ औं एशियाली खेलकुदमा मंगोलीयाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।
यस क्रममा टी-२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो ।
नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अभिनाष बोहराले १-१ विकेट लिए ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : यही फागुन १५ गते जुम्लामा हुने कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक जुम्लामा सञ्चालन हुने प्रतियोगिता फागुन १५ देखि १९ गतेसम्म सञ्चालन हुने छ ।
जुम्ला जिल्ला फुटबल संघका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको प्रतियोगितामा सहभागी हुने खेलाडी छानोटका लागि प्रतियोगिता हुन लागेको हो । यसको तयारी स्वरुप पहिलो पटक जुम्लाको सदरमुकाम खलंगामा २४ नम्बर वाहिनी अड्डाको खेलमैदानमा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
जुम्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालका अनुसार कर्णालीका १० जिल्लामध्येबाट ६ जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी हुने भएका छन् । आयोजकका अनुसार यसपटक कर्णालीमा जुम्लासहित मुगु, कालीकोट, हुम्ला, जाजरकोट र सुर्खेत सहभागी हुने भएका छन् ।
त्यस्तै कर्णालीका १० जिल्लाबाट झण्डै एक सय ५० जना फुटबल खेलाडी सहभागी हुने जिल्ला फुटबल संघको अनुमान छ । प्रदेशस्तरीय फुटबल प्रतियोगितामा छनोट भएका खेलाडीहरु सिधै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने फुटबल संघका उपाध्यक्ष रोशन श्रेष्ठले बताए ।
कर्णाली खेलकुद विकास परिषदको आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । जिल्ला फुटबल संघले प्रदेशस्तरीय फुटबल प्रतियोगिता सफल बनाउने बारेमा स्थानीय सरकारका प्रमुखहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।
जिल्ला खेलकुद विकास समितिका सदस्य–सचिव संगिता आचार्यका अनुसार खेलको जिम्मा जिल्ला खेलकुद संघलाई दिइएको छ । खेलकुदको व्यवस्थापनका लागि स्थानीय सरकारले पनि समन्वय गर्ने उनले बताइन् ।
चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले खेलमैदान राजसिममा पनि निर्माणको काम तीव्र भइरहेको बताए । उनका अनुसार उद्घाटन खेल नेपाली सेनाको वाहिनी अड्डामा खेलाइने भएपनि एक खेल नयाँ मैदानमा खेलाउने तयारी भइरहेको छ ।
पत्रकार सम्मेलनमा जुम्ला जिल्ला फुटबल संघका उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिव दिपेन्द्र हमालसहित जिल्लाका पदाधिकारी, पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा गोलाप्रथाबाट खेलको टाइसिट समेत आयोजकले सार्वजनिक गरेको छ ।
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ । सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो ।
क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब तोकेको छ । जसअनुसार क्यानले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ । यस्तै ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।
कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड एमा रहेका छन् । उनीहरुले मासिक १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन् । उनीहरुले मासिक ७० हजार रुपैयाँ पाउने छन् ।
ग्रेड सी मा विनोद भण्डारी, अर्जुन साउद, प्रतिश जीसी र सन्दीप जोरा परेका छन् । उनीहरुले मासिक ५५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै ग्रेड डी मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । उनीहरुले मासिक ३५ हजार पाउने छन् ।
हरेक प्रदेशबाट एक एक जना खेलाडीलाई इमर्जिङ क्याटागोरीमा समेटिएको छ । इमर्जिङ क्याटेगोरीमा कोशीबाट दीपेश कँडेल, मधेशबाट रुपेश सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी रहेका छन् । उनीहरुले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी क्यानले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ । बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो । जसअनुसार ग्रेड ए मा इन्दु बर्मा, रुबिना क्षेत्री र सिता रानामगर रहेका छन् । उनीहरुले मासिक तलब ५० हजार रुपैयाँ पाउने छन् ।
ग्रेड बी मा कविता कुँवर मात्र रहेकी छिन् । उनले मासिक ३५ हजार रुपैयाँ तलब पाउने छिन् । यस्तै, ग्रेड सीमा रहेका पुजा महतो र अस्मिना कर्मचार्यले मासिक ३० हजार रुपैयाँ तलब पाउनेछन् । ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहेका छन् । उनीहरुले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी महिलातर्फ ८ जनालाई इमर्जिङ क्याटागोरीमा राखिएको छ । इमर्जिङ क्याटेगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सिनका मरासिनी, कञ्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविण रहेका छन् । उनीहरुले मासिक २० हजार रुपैयाँ पाउने छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले आयोजना गरेको ‘श्रमिक पुरुष भलिबल प्रतियोगिता कार्यक्रम २०२४’को उपाधि युथ क्लबले चुमेको छ । कूल ९ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनलमा मिलीजुली एकता समाजलाई सोझो २ सेटमा हराउँदै युथले उपाधि चुमेको हो ।
शुक्रवार मुन्तजामा रहेको पेरलीङ् सिजन इन्टरनेशनल स्कुलको भलिबल कोर्टमा सम्पन्न प्रतियोगितामा मिलीजुली एकता परिवार, पर्वत स्पोर्ट, महेन्द्र मिलन, लालिगुराँस (ए), गुल्मी, न्यु स्टार, एसवाईसी टिम, लाली गुराँस (बी) र आयोजक टिमले प्रतिस्पर्धा गरेका थिए । विजेता तथा उपविजेताले नगदसहित सम्मान पत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताको उद्घाटन नेपाली दूतावास कतारका द्वितीय सचिव कृष्ण कुमार सुवेदीले गरेका थिए । उनले निकै महत्वपूर्ण कार्यक्रममा जुट्न पाउँदा खुसी लागेको बताए । नामैमा श्रमिक कल्याणकारी रहेको र हामी श्रम गरिरहेका श्रमिकको कल्याणमा समर्पित कार्यक्रम रहेको बताउँदै खेलबाट श्रमिकलाई एकै ठाउँमा भेला पारेर श्रमिककै लागि सकारात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नेपाली दूतावासले पनि यस्तै सृजनशील कार्यक्रममा सहकार्य गर्न चाहेको र श्रमिकका पक्षमा हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।
प्रतियोगितामा निःशुल्क स्वास्थ्य परीक्षणका साथै प्राथमिक उपचार तथा सचेतनामूलक विशेष कार्यक्रम सम्पन्न गरिएको थियो । तीन सयभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको प्रतियोगिता संघका अध्यक्ष नारायण खपांगी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दी, बिड्ब्लु आईका मार्को पोलोको उपस्थितिसहित भलिबलका बारेमा प्रेरणात्मक सुझावसहितको मन्तव्य राखेका थिए ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामी, सञ्चारकर्मीहरूको विशिष्ट आतिथ्यता रहेको थियो भने कतारको श्रम कानूनसम्बन्धी जानकारीमूलक साथै आफ्ना हक अधिकारका बारेमा उल्लेख गरी तयार पारिएको ‘आफ्ना अधिकार जानौं’ नामक पकेट पुस्तक वितरण गरिएको थियो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले आयोजना गरेको ‘श्रमिक पुरुष भलिबल प्रतियोगिता कार्यक्रम २०२४’को उपाधि युथ क्लबले चुमेको छ । कूल ९ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनलमा मिलीजुली एकता समाजलाई सोझो २ सेटमा हराउँदै युथले उपाधि चुमेको हो ।
शुक्रवार मुन्तजामा रहेको पेरलीङ् सिजन इन्टरनेशनल स्कुलको भलिबल कोर्टमा सम्पन्न प्रतियोगितामा मिलीजुली एकता परिवार, पर्वत स्पोर्ट, महेन्द्र मिलन, लालिगुराँस (ए), गुल्मी, न्यु स्टार, एसवाईसी टिम, लाली गुराँस (बी) र आयोजक टिमले प्रतिस्पर्धा गरेका थिए । विजेता तथा उपविजेताले नगदसहित सम्मान पत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताको उद्घाटन नेपाली दूतावास कतारका द्वितीय सचिव कृष्ण कुमार सुवेदीले गरेका थिए । उनले निकै महत्वपूर्ण कार्यक्रममा जुट्न पाउँदा खुसी लागेको बताए । नामैमा श्रमिक कल्याणकारी रहेको र हामी श्रम गरिरहेका श्रमिकको कल्याणमा समर्पित कार्यक्रम रहेको बताउँदै खेलबाट श्रमिकलाई एकै ठाउँमा भेला पारेर श्रमिककै लागि सकारात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नेपाली दूतावासले पनि यस्तै सृजनशील कार्यक्रममा सहकार्य गर्न चाहेको र श्रमिकका पक्षमा हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।
प्रतियोगितामा निःशुल्क स्वास्थ्य परीक्षणका साथै प्राथमिक उपचार तथा सचेतनामूलक विशेष कार्यक्रम सम्पन्न गरिएको थियो । तीन सयभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको प्रतियोगिता संघका अध्यक्ष नारायण खपांगी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दी, बिड्ब्लु आईका मार्को पोलोको उपस्थितिसहित भलिबलका बारेमा प्रेरणात्मक सुझावसहितको मन्तव्य राखेका थिए ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामी, सञ्चारकर्मीहरूको विशिष्ट आतिथ्यता रहेको थियो भने कतारको श्रम कानूनसम्बन्धी जानकारीमूलक साथै आफ्ना हक अधिकारका बारेमा उल्लेख गरी तयार पारिएको ‘आफ्ना अधिकार जानौं’ नामक पकेट पुस्तक वितरण गरिएको थियो ।
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले तेस्रो हार व्यहोरेको छ । घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग विकेटले पराजित भएसँगै नेपालले लिग टु मा तेस्रो हार व्यहोरेको हो । नेपालले यसअघि नामिबियासँगको दुवै खेलमा पराजय भोगेको थियो ।
आइतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले अर्धशतकीय इनिङ खेले । विक्रमजितले ९२ बलमा ७ चौकाको सहयोगमा अविजित ५६ रन बनाए । यस्तै साएब्रान्ड एंगलब्रेक्टले ७५ बल खेल्दै ३ चौकाको सहयोगमा अविजित ४६ रन बनाए । विक्रमजित र साएब्रान्डले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।
त्यस्तै माइकल लेभिटले ३४ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ३९ रन बनाए भने म्याक्स ओ डाउडले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । पहिलो विकेटका लागि लेभिट र डाउडले ६१ रनको आक्रामक साझेदारी गरेका थिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर एक विकेट लिए भने लिलित राजवंशीले १० ओभरमा ४२ रन खर्चिएर एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ९३ बलमा ८ चौकाको सहयोगमा ६६ रन बनाए । यस्तै करण केसीले २७ बलमा २६ रन बनाए भने आरिफ शेखले ५० बलमा २२ रन जोडे ।
त्यस्तै आशिफ शेखले २७ बलमा १७ रन बनाउँदा कप्तान रोहित पौडेलले ४० बलमा १६ रन बनाए । अनिल साह ७, गुलसन झा ५, कुशल मल्ल २, दिपेन्द्र सिंह ऐरी १ र भीम सार्की शून्य रनमा आउट भए । नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान ३-३ विकेट लिए । बास डी लिडेले २ विकेट लिँदा रुलोफ वान डेरले १ विकेट लिए ।
यससँगै नेपालले लिग टु अन्तर्गत घरेलु मैदानमा ३ खेलमा हार व्यहोर्दा १ खेलमा जित हासिल गर्यो । नेपाल भ्रमणमा आएका नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु टोलीले ४ खेलमा २ अंक मात्र जोड्न सफल भयो । नामिबियाले ४ खेलमा ६ अंक जोडेको छ भने नेदरल्याण्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको थियो ।
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ९३ बलमा ८ चौकाको सहयोगमा ६६ रन बनाए । यस्तै करण केसीले २७ बलमा २६ रन बनाए भने आरिफ शेखले ५० बलमा २२ रन जोडे । त्यस्तै आशिफ शेखले २७ बलमा १७ रन बनाउँदा कप्तान रोहित पौडेलले ४० बलमा १६ रन बनाए ।
नेपालका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र भिभिएन किंग्माले ३-३ विकेट लिए । यस्तै बास डे लिडले २ विकेट लिँदा रोलफ भान डर मर्वले १ विकेट लिए ।
पोखरा : पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन् ।
५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९–अन्डरको रेकर्ड तोडेका हुन् । यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो । बिहीबार उनले ७–अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए ।
पोखरास्थित पार–६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन शुक्रबार इभन–पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०–अन्डर १ सय ९७ को सानदार स्कोरमा करियरको ११औं उपाधि जितेका हुन् । भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए । उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे । सन् २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो ।
रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा २–ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे। रवि र सदभाव दुवैले शुक्रबार १–ओभर ७० मा खेल सकाए । रविले नगद ९६ हजार प्राप्त गरे । एमेच्योरतर्फ सदभावले उपाधि जिते । उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५–ओभर २ सय २२ स्कोर गरे ।
धरानका प्रो निरज तामाङले शुक्रबार इभन–पार ६९ मा खेल सकाउँदा समग्रमा ४–ओभर २ सय ११ को स्कोरमा तेस्रो स्थान प्राप्त गरे । उनले ७२ हजार नगद आफ्नो नाममा लेखाए । भेट्रान प्रो दीपक मगरले समग्रमा ६–ओभर २ सय ११ सहित चौथो भए। शुक्रबार उनले इभन–पार ६९ मा खेल सकाए । चौथो भएका उनले ५९ हजार नगद हात पारे । समग्रमा १०–ओभर २ सय १७ बनाएका प्रदीप कुमार लामा पाँचौ भए । उनले शुक्रबार ४–ओभर ७३ मा खेल सकाए । उनी ५० हजार नगद पुरस्कारको हकदार बने ।
यसैगरी बलभद्र राई, भुबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११–ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे। उनीहरूले जनही ३९ हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम दिन बलभद्रले ४–ओभर ७३, भुबहादुरले ३–ओभर ७२ र सञ्जयले १–ओभर ७० मा खेल सकाए। दल बहादुर लामा र दिनेश प्रजापतिले समग्रमा १३–ओभर २ सय २० को स्कोरमा संयुक्तरुपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार हात पारे । दलले शुक्रबार ६–ओभर ७५ र नीरजले ३–ओभर ७२ मा अन्तिम दिनको खेल सकाए ।
११ स्ट्रोकको अग्रता सहित अन्तिम १८ होलको शुरुवात गरेका भुवनलाई अन्य कुनैपनि गल्फरले चुनौती दिन सकेनन् । उनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । पहिलो र पाँचौ होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे । उनले ब्याक नाइन पनि इभन–पार ३५ मा सकाए । यो क्रममा उनले १४औं र १८औं होलमा एक–एक सट खेर फाल्दा १५औं र १६ औं होलमा बर्डी प्रहार गरे ।
रविले फ्रन्ट नाइनमा राम्रो प्रदर्शन गर्न सकेनन् । ३–ओभर ३७ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे । तेस्रो होलमा एक सट बचाए । ब्याक नाइनमा सम्हालिँदै १५औं र १८औं होलमा दुई बर्डी प्रहार गरे। ब्याक नाइन २–अन्डर ३३ मा पूरा गरे ।
संयुक्तरुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन–पार ३४ मा पूरा गरे । उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे । यसपछि १०औं र १३औं होलमा एक–एक सट बचाउँदा १२औं, १५औं र १७औं होलमा बोगीको सामना गरे ।
निरजले फ्रन्ट नाइन १–ओभर ३५ र ब्याक नाइन १–अन्डर ३४ मा सकाए । दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक–एक सट खेर फाले । यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३औं, १५औं र १८औं होलमा एक–एक सट बचाए ।
काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो ।
कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरूङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको अन्तिम दिन भोलि प्रो–एम प्रतियोगिता हुनेछ । प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन् । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत जारी सिजनमा कूल आठ प्रतियोगिता रहेका छन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
काठमाडौं : पश्चिम एशिया फुटबल एशोसिएसनको आयोजनामा साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालले समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । नेपालले इराकलाई ५–० गोल अन्तरले पारजित गरेको हो । नेपालका लागि सबै गोल सावित्रा भण्डारी 'साम्बा'ले गरेकी हुन् ।
खेलको १३औं मिनेटमा सावित्राले नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३६औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथो गोल गरिन् ।
दोस्रो हाफमा नेपालले गोलका पर्याप्त अवसर सिर्जना गरेपनि सफल हुन सकेन । खेलको ८० औं मिनेटमा गोल गर्दै सावित्राले नेपाललाई ५–० को शानदार जित दिलाइन् ।
नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को शानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।
अर्को समूहमा साउद अबर, लेवनान, जोर्डन र ग्वाम रहेका छन् । दुवै समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल यो प्रतियोगितामा आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies