काठमाडौं : कोका–कोलायुथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोड शुरु भएको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा एक सय ३६ विद्यार्थीहरुले ‘एक्स्प्लोरिङ सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात् दिगो भविष्यका उपायहरुको बारेमा छलफल गरेका हुन् ।
ग्लोबल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा सहभागीहरुले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरुको बारेमा छलफल गरेका थिए । उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरुको सामूहिक र व्यवहारिक कदमहरुको बारेमा छलफल भएको थियो ।
काठमाडौं : मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल सरकार, उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब तीनवर्षअघि देखि ‘मेक इन नेपालः स्वदेशी’अभियान संचालन गरिरहेको छ ।
नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने र नेपाली उत्पादन लाई प्रतिस्पर्धी बनाएर विश्वबजारमा पु¥याउने अभियानको मुख्य उदेश्यक रहको परिसंघले जनाएको छ । अभियानको कार्यान्वयन गरे वार्षिक हजार नयाँउद्योग दर्ताहुने, दिगो विकासको लक्ष्यअनुसार कुलगार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५% पु¥याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र ५ वर्षभित्रवार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पु¥याउने रहेका छन् ।
‘मेक इन नेपालः स्वदेशी समिट २०२४ ’ को यस तेस्रो संस्करणले सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कनका लागि ३५ बुँदे घोषणापत्र अर्थमन्त्रीवर्षमानपुनलाई हस्तान्तरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, प्रबद्र्धन गर्न सरकारी कार्यालयहरुमा स्वदेशी सामान नै खरिद गर्नुपर्ने विषयलाई नीतिगत रुपमा अगाडि बढाइने बताए । निजीक्षेत्रका लागि लचिलो नीति अपनाउने गरी अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी आगामी बजेट ल्याउने बताए ।
काठमाडौं : ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ राजधानीमा ‘पाँचौं राष्ट्रिय महमेला २०८१’ आयोजना हुने भएको छ । नेपाल मौरी पालक महासंघले मंगलबार पत्रकार सम्मेलनगरी मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गरिएको जनाएको हो । वैशाख २६ गतेदेखि ३० गतेसम्म विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत् महमेला आयोजना गर्न लागिएको हो ।
स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरुबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालयको सहआयोजना रहेको मेला पाँच दिनसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।
महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महको बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उदेश्य रहेको बताए ।
व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै पनि बजार नपाएको अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए । मेलामा मह काढ्ने तरिका, मह सम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरुको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरुबीच अन्तरक्रिया तथा छलफल समेत हुनेछ ।
काठमाडौं : माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।
आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए । आफ्ना कर्मचारीको व्यावसायिक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखेर विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको बैंकले जनाएको छ ।
काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परनिर्भर रहेको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र उच्च अंकको आर्थिक वृद्धि हासिल गर्दै दिगो विकासका लागि स्वदेशी उद्योगको प्रवर्द्धन अति आवश्यक रहेको बताएका छन् । मंगलबारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न पनि आग्रह गरेका छन् । उनले चालु आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महंगो भएपनि नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएको भएपनि आजसम्म उक्त व्यवस्था लागू हुन नसकेको बताए ।
उनले सरकारले स्वदेशी वस्तुको पहिचानको लागि एक वेब पोर्टलको निर्माण गरी नेपाल उद्योग परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पूरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरुसमेत सो पोर्टलमा समावेश गर्ने व्यवस्था कायम गर्नुपर्ने बताए ।
नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक किसिमका करहरूलाई एकीकृत गर्दै सीमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर) मात्र रहने व्यवस्था कायम गर्न उनले आग्रह गरे ।
उनले मूल्य अभिवृद्धि करलाई बहुदरको (०, ५, १३ तथा १८) बनाइ यस करमा आवद्ध हुनुपर्ने न्यूनतम कारोबारको सीमालाई समेत कम गरी सबै करदातालाई यसै करमा आवद्ध गरिनुपर्ने बताए । यसबाट नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मूल्यसँग प्रतिस्पर्धी बनाउन र अनधिकृत व्यापार नियन्त्रण गर्न समेत सहयोग पुग्ने परिसंघले विश्वास लिएको उनले बताए ।
अध्यक्ष अग्रवालले स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिसहरुसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुको गुणस्तरयुक्त हुन आवश्यक रहेको बताए । उनले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न आग्रह गरे । उनले लगानी प्रोत्साहन गर्न विद्यमान कानूनहरुमा सुधार गर्न आवश्यक रहेको पनि बताए ।
स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै अध्यक्ष अग्रवालले आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी रहेको बताए ।
काठमाडौं : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागका वन तथा बस्तीमा लागेको आगलागी नियन्त्रणमा सरकारले हेलिकप्टर माग गरेमा सहयोग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
आगलागी भएको स्थान, नजिकको पानीको स्रोतको विवरणबारे जानकारी भएमा आगो निभाउन सहज हुने कम्पनीले जनाएको छ । सिम्रिक एयरले समयमै आगलागी भएको स्थान र त्यहाँको भौगोलिक अवस्था तथा पानीको स्रोतबारे जिल्ला विपत व्यवस्थापनको कार्यालय वा स्थानीय निकायले सिम्रिक एयरलाई खबर गर्न सक्ने जनाएको छ । हेलिकप्टरमार्फत् ‘बम्बी बकेट’को प्रयोगले जंगलमा लागेको आगो नियन्त्रण गर्न सकिने र यसअघि सोलुखुम्बु, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायतका स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको सिम्रिक एयरले जनाएको छ ।
यसअघि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाइएको कम्पनीको भनाई छ । सिम्रिक एयर आगलागी तथा डढेलो नियन्त्रणका लागि आफ्नो हेलिकप्टर प्रयोग प्रभावकारी रहेको समेत बताएको छ ।
काठमाडौं : नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘यामाहा महाएक्सचेन्ज मेला २०८१’ शुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि शुरु भएको सो मेलालाई यस वर्षकै सबैभन्दा ठूलो मेला भएको कम्पनीले दाबी गरेको छ ।
एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलामा आफ्नो सवारी अपग्रेड गर्न चाहने ग्राहकले अविश्वसनीय अवसर प्राप्त गर्ने बताए । यो मेलाबाट मोटरसाइकल प्रेमीहरुका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर हुने उनको विश्वास छ । उनकाअनुसार सहभागीहरुले आफ्नो ब्रान्ड–न्यू यामाहा बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन् ।
साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन पनि प्रदान गर्नेछ । मेलामा सहभागीहरुले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्न निःशुल्क बाइक चेक–अप र स्पार्कलिंग क्लिन स्टार्टका लागि वास गर्ने सुविधा समेत लिन सक्नेछन् ।
स्टाइलिस अपग्रेडको साथमा डुअर प्राइजका रुपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ । थप रोमाञ्चकताका लागि मेलामा निःशुल्क खेल र उपहारहरु, टेस्ट राइड र विन अफरहरु रहने छन् भने निःशुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकको समग्र अनुभवलाई थप बढाउने कम्पनीको भनाइ छ । यो मेला २९ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल र झम्सिखेल, ललितपुरस्थित भिवान्ता काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहलाई छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सो बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने भएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
काठमाडौं : नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र ह्याम्स अस्पतालबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा ह्याम्स अस्पतालका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्य र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरे ।
समझदारीअनुसार नेपाल एसबिआई बैंकका शाखा कार्यालयहरु र नेपाल एसबिआई मर्चेण्ट बैंकिङमार्फत् डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले अस्पतालले प्रदान गर्ने सेवामा उपचारका लागि लाग्ने शुल्कमा १० प्रतिशत र फार्मेसीको लागि लाग्ने शुल्कमा पाँच प्रतिशत छुट प्रदान प्राप्त गर्नेछन् ।
काठमाडौं : गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies