२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

ग्लोबल आइएमईको साधारण सभा सम्पन्न

shivam cement
२०८२ कार्तिक २६ गते २०:५२
Shares
ग्लोबल आइएमईको साधारण सभा सम्पन्न

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गर्दै साधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन पनि गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

साधारण सभामा बोल्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर