२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

shivam cement
२०८२ कार्तिक २६ गते १६:४९
Shares
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

आज ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७ को कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै समूहको उपसूचक घटेका छन् । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रु ४० करोड ३४ लाख तीन हजार ५४२ दशमलव ६० बराबरको र शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको दुई लाख ९४ हजार ७९६ कित्ता शेयर किनबेच भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर