
काठमाडौं : पियोर इनर्जीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो ।
कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । सो कम्पनीले पीपीए अनुसार नेपाल विद्युत् प्राधिकरणलाई निरन्तर कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको जनाएको छ ।
गोल्यान ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत बैशाखमा आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँबाट बढेर ४.५० पुगेको छ । प्रतिसेयर नेटवर्थ १०१.६१ रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ ।