काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो। उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो।
त्यसअघि अभियुक्तहरूले काठमाडौंको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल बरामद गरिएको छ। गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं : अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पढाउन मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
केन्द्रीय विद्यालयमा पढाउन मिलाइ दिन्छु भन्दै रु दुई लाख ठगी गरेको अभियोगमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ । उनीउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको बंकुलबाट करिब ६ लाख रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार मगरको नेतृत्वमा गएको टोलीले बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो । सो क्रममा परोहा नगरपालिका वडा नं. ८ का दिनेश प्रसाद कुशवाहालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी निरिक्षक मगरका अनुसार ५ लाख ९४ हजार रुपैयाँसहित शनिबार कुशवाहालाई पक्राउ गरिएको हो । एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको उनले बताए । बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौं : बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए ।
उनीहरु २०६५ असोज २९ गते काभ्रेको साविक आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ हाल रोशी गाउँपालिका वडा नम्बर ३ स्थित चमारसिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरेर हत्या गरेर फरार भएका थिए ।
जनकको हत्या गरी फरार रहेका टंक र सन्तलाई २०८० पुस २४ गते पक्राउ पक्राउ गरिएको हो । साथै पुस २५ गते सन्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइए र टंकको स्वास्थ्यमा समस्य आएका कारण उपचारपश्चात शुक्रबार आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको एसपी केसीले जानकारी दिए ।
चितवन : ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।
अभियुक्तहरूले रुपन्देही घर भइ हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।
काठमाडौं : प्रहरीले योजनावद्ध रुपममा नक्कली मदिरा उत्पादन गर्ने कारखानका संचालकसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले छापा मारेर मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट कारखानाका सञ्चालकहरु रामेछापको खाँडादेवी गाउँपालिका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की र सिन्धुली कमलामाई नगरपालिका–९ घर भई मूलपानी बस्ने २८ वर्षीय गौरव तामाङलाई पक्राउ गरेको हो ।
नक्कली रक्सी उत्पादन र बिक्रिमा यी तीन जनाको मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ । ती मध्य खत्री र कार्की भने मामा भान्जा हुन । बुधबार उनीहरुलाई सार्वजनिक गर्दै प्रहरीले तीन जना यसअघि पनि यही अपराधमा संलग्न भएका कारण पक्राउ परेको बताएको छ । उनीहरु यसअघि तीन पटक पक्राउ परिसकेका छन् ।
पक्राउ पर्ने अन्य छ जना भने सहयोगी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोक चौतरा नगरपालिका–३ का २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीको कमलामाई नगरपालिका–७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका–३ का २३ वर्षीय महेश खत्री, रामेछापकै खाँडादेवी नगरपालिका–२ का २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ का १८ वर्षीय रोशन कार्की रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले कारखानमा छापा मारेको थियो । कारखानाबाट नेपाली ब्रान्डको खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर बरामद गरेको बताएको छ । प्रहरीले अनुसन्धानबाट ‘सगुन’ नामको नेपाली मदिरामा एक बोतल ब्ल्याक लेबल र चिनीको घोल मिसाएर ३ बोतल ब्ल्याक लेबल बनाइ बेच्ने गरेको पत्ता लगाएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार गिरोहले नक्कली रक्सी बनाएर तीन वर्षदेखि पार्टी प्यालेस, विवाह समारोह र बजारमा पठाउने गरेको थियो । प्रहरीले उनीहरुमाथि फौजदारी अपराध संहिता अनुसार खाद्य पदार्थ अखाद्य तत्व मिसावट गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको उत्तरी भेगका चन्द्रनिगाहपुरमा रहेको लागुपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्रमा १० जना दुर्व्यसनी रहेका छन् । उज्वल भविष्य फाउण्डेसन आवासीय : लागूपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्र खोलेको हो ।
अहिले केन्द्रमा दुर्व्यसनमा फसेका १० जना दुर्व्यसनमुक्त हुने प्रक्रियामा रहेका छन् । जसमध्ये ५ जना २० वर्षमुनिको रहेको पाइएको छ । पुनःस्थापन केन्द्रका अभिशेष खड्काले चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा औषधि पसलेले बिक्री गर्दा दुर्व्यसनी बढेको बताए । नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने भएकाले दुर्व्यसनीमा यूवाहरु नै बढी संलग्न रहने गरेको पाइएको उनको भनाइ छ ।
कुनै समय आफैँ पनि लागुऔषध दुर्व्यसनमा फसेको उल्लेख गर्दै उनीहरुलाई मनोसामाजिक परामर्श आवश्यक पर्ने धारणा व्यक्त गरे । सानै उमेरका किशोरहरू लागुऔषधको दुर्व्यसनमा फस्नुका कारण उनीहरूको संगत मात्रै नरहेको पाइन्छ । कतिपय अवस्थामा अभिभावकको कमजोरीका कारण पनि उनीहरू लहैलहैमा दुर्व्यसनको फसिरहेको देखिन्छ । पारिवारिक समस्या, खराब संगत र डिप्रेसनका कारण कुलतमा फस्ने युवा/किशोरको संख्या बढिरहेको नागरिक समाजका अगुवा केदार थापाले बताए ।
छोराछोरी लागुऔषधको कुलतमा लागेको थाहा पाएपनि डरले अभिभावक चुप बस्ने गरेकाले समस्या जटिल हुने गरेको उनको भनाइ छ । बालबालिकाको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिनुपर्ने उनले औँल्याए । चन्द्रपुर अस्पतालका फिजिसियन डा.सुभाष चौधरी लागुऔषध सेवनमा लागेकाहरूमा धेरै समय आफन्तको सम्पर्कभन्दा टाढा बस्न चाहने स्वभाव विकास भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा लागूऔषध सम्बन्धी ३६ मुद्दा दर्ता भएको थियो ।
लागुऔषध सम्बन्धी दर्ता भएको मुद्दामा ३५ वटा फछ्र्योट भइसकेको प्रहरीले जानकारी दिएको छ । यस अवधीमा लागुऔषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएकोमा उनीहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाइजेपाम इन्जेक्सन, १५ सय ७९ पिस फेनारगन इन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रदेशका ८ जिल्लामा संञ्चालित १८ सुधार केन्द्रमा अहिले ४ सय ८१ जना छन् । जसमा ७३ जना दुर्व्यसनी २० वर्षमुनिका देखिन्छन् ।
काठमाडौं : हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भइ काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भइ काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् ।
काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो ।
भिमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले धाकधम्की दिइ फिरौती रकम माग्ने एक जना तथा नक्कली नोटसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको हो ।
देवाही गोनाही नगरपालिका वडा नं. ८ पटेल चोक नजिकबाट प्रहरीको टोलीले १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोटसहित गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई पक्राउ गरेको छ । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम कार्ड ५ थान, १६ लाख ६५ हजार उल्लेख भएको चेक ३ थान र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसअघि गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गत असार २१ गते १ सय दरको ४ थान नक्कली नोटसहित ४ जना, गत कात्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गत मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरबाट एक हजार दरको नोट २० थानसहित १ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध कानूनी कारबाही अघि बढाइएको छ । पटक–पटक विभिन्न स्थानबाट नक्कली नोट बरामद भएकाले यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरिन् । अझै पनि नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ ।
यस्तै प्रहरीले धाकधम्की दिइ फिरौती रकम माग्ने एक व्यतिलाई पनि प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । फतुवा विजयपुर नगरपालिका वडा नं. ८ का ३४ वर्षीय श्रीभगवान साहलाई धाकधम्की दिइ फिरौती रकम मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुस १० गतेदेखि १८ गतेसम्म एक जना व्यापारीलाई पटक–पटक फोन गरी ज्यान मार्ने धम्कीसहित ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका साहविरुद्ध आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौं : भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका-७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।
विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ समेत राम्रो हुने प्रलोभन देखाएर नेपालबाट भारतको दिल्ली पुर्याइ वेश्यावृत्तिको लागि आफैंले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies