फुँयाल स्टूडियो चलचित्रको चाप, सुटिङका लागि पालो पर्खनुपर्ने अवस्था

काठमाडौं/मस– सरकारी स्तरबाट घोषणा गरिएको फिल्मी स्टूडियो कथामा सिमित भइरहेको अवस्थामा निर्माता निर्देश बीबी फुँयालले आफ्नै लगानीमा भक्तपुरमा हालै खोलेको फुँयाल स्टूडियोमा अहिले चलचित्रको चाप बढ्न थालेको छ ।

स्थापना भएको एक दर्ज स्टूडियोहरु बन्द हुनु र फुँयाल स्टूडियोले तहल्का पिट्नुले अहिले चलचित्र बजारमा चलचित्रकर्मीका लागि पहिलो रोजाइको स्टूडियो बनेको छ । स्टूडियोमा चलचित्र, टेलिफिल्म र विज्ञापनका सुटिङ गर्र्नका लागि पालो कुर्नुपर्ने अवस्था देखिएको छ । यसो हुनुमा फुँयालले आफूले चलचित्र निर्माण र निर्देशन गर्दा छायांकनको लागि अत्यावश्य भौतिक पूर्वाधार के के चाहिन्छ भन्ने गहिरो ज्ञान भएकै कारण आफूले निकै सोच विचार गरेर स्टूडियो निर्माण गरेकोले चलचित्रकर्मी चाप बढेको बताए । नियमित रुपमा छायांकन भइरहेको टेलिचलचित्र जिरे खुर्सानीका निर्माता निर्देशक जितु नेपालले यो स्टूडियोमा आएपछि अन्य लोकेशन खोज्न कतै जानुनपर्ने र पूरा प्याकेज स्टूडियो मै भएकाले आफ्नो युनिट यहाँ रहने बताए । अहिले छायांकन भइरहेको उल्झनका निर्देशक राजु अधिकारीले नियमित सुटिङ गर्ने निर्माताहरुका लागि झञ्झटमुक्त र सञ्चालक बीबी फुँयाल नेपाली चलचित्रको अवस्था बुझेकै कारण काम गर्न सहज हुने भएकोले आफ्नो युनिटले सबै इनडोरको छायांकनका लागि यही स्थल रोजेको बताए ।

नियमित विज्ञापनको सुटिङ गर्ने अनन्त तिमल्सिनाले स्टूडियो मात्र बनाए हुँदैन सञ्चालक पनि हाम्रो मर्का बुझ्ने हुनुपर्छ भन्दै फुँयाल स्टूडियोका सञ्चालक आर्थिक रुपले पनि सहज र व्यवहारिक रुपले सहज भएको हुँदा आफूले पनि यही रोजेको बताए ।  अभिनेता निखिल उप्रेतीले भक्तपुरमा खोलिएको फुयाँल सुटिङ स्टुडियोको उद्घाटन गरेका थिए । युवा निर्देशक बीबी फुयाँलले मध्यपुर थिमीको राधे राधे नजिकै सञ्चलानमा ल्याएको स्टुडियोमा चलचित्र, टेलिचलचित्र र म्युजिक भिडियोसम्मको छायाँकन सुबिधा छन् । बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा स्टुडियोमा छन् । चलचित्रका लागि आवश्यक कम्प्लिट स्टुडियो आफुले बनाएको निर्देशक फुयालले बताए । एकवर्ष खर्चिएर बनाएको स्टुडियो अन्तर्राष्ट्रियस्तरको रहेको उनले दाबी गरे ।  राजधानी नजिकै स्टुडियो खोलिएकोमा चलचित्र, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म सबै निर्माण गर्न सजिलो हुने धारणा  अभिनेता निखिलले राखेका थिए । निर्देशक बीबीले नेपाली क्रिकेटमा आधारित ‘च्याम्पियन’ सहित झन्डै आधादर्जन चलचित्र निर्देशन गरेका छन् ।

Posted by onAug 9 2017. Filed under मनोरञ्जन. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

कृपया गाली गलौजका शब्द प्रयोग नगरिदिनु होला । अन्यथा तपाईंको प्रतिकृय प्रकाशित हुने छैन ।

यसमा तपाइको मत

Please Complete the following.