अक्कीको आम्दानी भीएफएक्सबाटै भरपूर

काठमाडौं–

चलचित्रको उत्कृष्टा टेबुलमा बसेर प्राविधिकहरुले सिगार्ने गर्दछन् । चलचित्र छायांकन भइसकेपछि भिजोल इफेक्ट दिने कामलाई भीएफएक्स भनिन्छ । यो नै चलचित्रको हेर्न लायक बनाउने टेबुल वोर्क हो । यस्तो कार्यमा एक दर्जन प्राविधिकहरु दिनरात नभनी चलचित्रमा सक्रिय रहेको पाइन्छ ।

विगत सात वर्षयता नेपाली चलचित्र क्षेत्रमा हलिउड शैली अपनाउनुपर्छ भन्ने हेतुले युवा प्राविधिक अक्की शर्मा लागि परेका छन् । हलिउड चलचित्रबाट प्रभावित भएर नेपाली चलचित्रमा पनि नयाँपन दिनुपर्छ भन्ने उद्देश्यकासाथ उनले नेपाली चलचित्र मानवबाट भीएफएक्सको सुरुवात गरेका हुन् । एक दर्जन चलचित्रमा सहायक भएर काम गरेको अनुभवले निर्देशक यादव सिलवालको मानवबाट उनले पहिलो भिएफएक्सको शुभारम्भ गरेका हुन् ।

यो चलचित्रमा नायक सरोज खनाललाई मानिसबाट बाघको आकारमा परिणत गराइएको छ । यो दृश्यले नेपाली चलचित्रमा ठूलो चर्चा कमायो । त्यसपछि उनले विग व्यानरको चलचित्र नोभेम्बर रेन, परदेशी, नाइ नभन्नु ल–३, च्याम्पियन, माला, म त तिम्रै हुँ, बाटोमुनिको फूल, डाइङ क्याण्डल, त्यान्द्रो, लक्ष्य लगायत ५० वटा चलचित्रमा यस्तो कला प्रस्तुत गरिसकेका छन् । चलचित्रमा यस्तो प्रविधिको शुरुवातसँगै नयाँपन दिएर उनले चलचित्रलाई उत्कृष्ट बनाउनुका साथै राम्रै आम्दानी गर्ने गरेका छन् । यो कार्यसँगै उनी चलचित्रको सम्पादनमा समेत उत्तिकै सक्रिय भएर लागेको पाइन्छ ।

उनले यस्तै उत्कृष्ट काम गरे वापत राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड–२०७२ बाट उत्कृष्ट भीएफएक्स विधातर्फको अवार्ड समेत प्राप्त गरेका छन् ।

Posted by onMar 14 2017. Filed under मनोरञ्जन. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

कृपया गाली गलौजका शब्द प्रयोग नगरिदिनु होला । अन्यथा तपाईंको प्रतिकृय प्रकाशित हुने छैन ।

यसमा तपाइको मत

Please Complete the following.