नायक प्रज्वल आफ्ना हरेक चलचित्र परिवारलाई देखाउँछन्

काठमाडौं–

अहिलेसम्म झण्डै तीन दर्जन भन्दा बढी चलचित्रमा निरन्तर रुपमा अभिनय गर्दै आएका नायक प्रज्वल गिरीले आफ्नो अभिनय रहेका हरेक चलचित्र परिवारलाई देखाउने गरेका छन् ।

पछिल्लो पटक उनले अभिनय गरेको चलचित्र मरो देश चलचित्र शनिबार राजधानीको अष्टनारायण चलचित्र मन्दिरमा सपरिवार लगेर देखाएका हुन् । चलचित्र मेरो देश गत शुक्रबारदेखि अल नेपाल रिलिज भएको हो । वितरक सुनिल मानन्धरले चलचित्र मेरो देश  प्रदर्सनमा ल्याएको हुन् ।

शुक्रबारनै बाबू बलामीको नयाँ चलचित्र काल पनि अल नेपाल रिलिज भएको हो । यी दुबै चलचित्रले विना प्रचार प्रसार प्रदर्शनमा आएका कारण सार्वजनिक विदाको दिनमा पनि दर्शकको साथ पाउन सकेनन् । तुलनात्मकरुपमा मेरा देशलाई दर्शकले साथ दिएको बुझिएको छ । शनिबार मेरो देश निर्माण टोलीले राजधानीको अष्ट नारायण हलमा शनिबार दर्शकमाझ बसेर चलचित्र हेरेका हुन् । हलमा मुख्य नायक प्रज्वल गिरी सपरिवार फिल्म हेर्न पुगेको थिए । मेरो देश चलचित्रमा निशा अधिकारी आयुश रिजाल लगायतका कलाकारले अभिनय  रहेको छ । नेपालको वर्तमान राजनीतिक अवस्थालाई निर्माण टोलीले पर्दामा उतार्ने कोसिस गरेको छ ।

आम दर्शकसँगै बसेर चलचित्र हेर्दा आफूलाई चलचित्रमा अझ शसक्त भएर अभिनय गर्ने प्रेरणा मिलेको नायक गिरीले बताए । गिरीले अहिलेसम्म तीन दर्जन चलचित्रमा अभिनय गरेको छ्न । नायक गिरीको अभिनय रहेको सरकार, नेपालीको सान र कोइला चलचित्र  निर्माण पूरा भइ प्रदर्शनको पर्खाइमा रहेका छन् ।

Posted by onFeb 20 2017. Filed under मनोरञ्जन. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

कृपया गाली गलौजका शब्द प्रयोग नगरिदिनु होला । अन्यथा तपाईंको प्रतिकृय प्रकाशित हुने छैन ।

यसमा तपाइको मत

Please Complete the following.