चलचित्र निर्देशक राजु बने ब्राण्ड एम्बेष्डर

काठमाडौं–

चलचित्र निर्देशक राजु अधिकारी स्वर्णिम सीड्स’ उन्नत जातको बिउ विजन उत्पादन गर्ने स्वर्णिम सीड्स कम्पनिको ब्राण्ड एम्बेष्डर बनेका छन् । सो कम्पनीले बिऊ विजनको प्रचार प्रसारका लागि निर्देशक अधिकारीलाई ब्राण्ड एम्बेष्डर छानेको हो ।

केही कम्पनीहरुले बजारमा चलेका नायक, मोडल र खेलाडीहरुलाई एम्बेष्डर बनाएर आफ्नो उत्पादनको बजार प्रवद्र्धन गरिरहेको बेला स्वर्णिम सीड्स कम्पनीले पनि निर्देशक अधिकारीलाई छानेको हो । यसरी छानिनुलाई निर्देशक अधिकारी भने ‘म लामो समयदेखि चलचित्र क्षेत्रमा लागेको प्रतिफल हो ।’ कम्पनीले आफूलाई जुन जिम्मेवारी सुम्पिएको छ सोही अनुरुप आफूले पनि तन मन लगाएर कम्पनीको श्रीवृद्धिमा लागिपर्ने बताए । कम्पनीले आफूलाई एम्बेष्डर छानेकोमा शुखी भएका अधिकारीले भने– ‘मेरो वुद्धि र विवेकले भ्याएसम्म सबैथोक गर्नेछु, स्वर्णिम सीड्सको उत्पादनलाई भरपूर सहयोग पु¥याउनेछु ।’

निर्देशक अधिकारीले नेपाली चलचित्र क्षेत्रमा विभिन्न उपकरण भित्र्याउनुका साथै दिलमा सजाएँ तिमीलाई, सुब्बा साब, लेक साइटलगायत चलचित्रको निर्देशन गरेका छन् । उनले निर्देशन गरेको चलचित्र सुब्बा साब गत असोजमा प्रदर्शनमा आइसकेको छ भने लेक साइड भने प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको सम्पूर्ण छायांकन कार्य सकिएर अहिले प्राविधिक कार्य धमाधम भइरहेको छ ।

Posted by onDec 7 2016. Filed under मनोरञ्जन. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

कृपया गाली गलौजका शब्द प्रयोग नगरिदिनु होला । अन्यथा तपाईंको प्रतिकृय प्रकाशित हुने छैन ।

यसमा तपाइको मत

Please Complete the following.